तुलसीपुर ३ माघ २०८१ बिहीबार, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व-प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड दाङ आउने भएका छन | नेकपा एमाले ले गठवन्धन फेरे संगै प्रधानमन्त्री पद छाडेका प्रचण्ड हाल देश दौडाहमा रहेका छन | दाङ
जिल्ला अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको नगर पार्टी कमिटीको अधिवेशन तथा खबरदारी सभा लाई सम्बोधन गर्न माघ ११ गते प्रचण्ड दाङ आउन लागेका हुन | देशमा बिदेशी हस्तक्षेप बढी रहेका बेला प्रचण्डको देश दौडाह संगै खबरदारी सभा
जस्ता कार्यक्रम हरु लाई सम्बोधन गर्ने कामलाई राजनीतिक तथा कुटनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ | दाङको तुलसीपुर स्थित अरनिको मैदानमा हुने तुलसीपुर उपमहानगरको पार्टी अधिवेशन उदघाटन तथा खबरदारी सभा लाई सम्बोधन
गर्न प्रचण्ड दाङ आउने भएका हुन| हाम्रो पार्टीको तुलसीपुर नगर अधिवेशन उद्घाटन तथा हाम्रो पार्टीले आयोजना गरेको खबरदारी सभा लाई सम्बोधन गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड माघ ११ गते दाङको तुलसीपुरमा आउनुहुने भएको छ
नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सांसद धन बहादुर मास्केले राप्ती पहिचान लाई बताए | माघ ११ गते तुलसीपुर नगरपार्टीको अधिवेशन उदघाटन तथा खबरदारी सभा लाई सम्बोधन गर्ने माघ १२ गते घोराही नगरपार्टीको अधिवेशन अन्तर्गत
बन्दसत्रमा दाङ जिल्लाका अगुवा कार्यकर्ता लाई देश र पार्टीका अगाडी चुनौतीका रुपमा खडा भएका बिषयवस्तु उपर समसामयिक बिषयमा प्रशिक्षण दिने गरी दाङ जिल्लामा अध्यक्ष ज्यु ले सम्बोधन गर्ने कार्यक्रम तय भएका छन मास्के ले अगाडी भने |
हाम्रो पार्टी अध्यक्षले दाङको तुलसीपुर र घोराहीमा हुने हाम्रो पार्टीले आयोजना गरेको खबरदारी सभा तथा कार्यकर्ता हरुलाई प्रशिक्षण दिने कार्यक्रम लाई सम्बोधन गर्ने गरी तयारी भएको छ नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शेषुराम
भण्डारीले राप्ती पहिचान संगको कुराकानीमा भने | भण्डारीका अनुसार माघ १२ गते प्रचण्डले दाङ जिल्लाको राप्ती गाउँपालिकाको सिसहनिया स्थित पालिका स्तरीय आधारभूत अस्पतालको भवन समेत उदघाटन गर्ने भनीए पनी सो सम्बन्धमा
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट लाई हामीले फोन गरेर सोध्दा अहिले नै केही भन्न नमिल्ने कुरा बताए | अहिले अस्पताल पूर्णरुपमा निर्माण भई सक्या छैन त्यसैले हालै उदघाटन गर्ने की नगर्ने भन्ने बारे यकिन भन्न सकिन्न बिष्टले हाम्रा
कार्यकारी सम्पादक एग्गे बहादुर बुढा मगर संग कुराकानी गर्दै भने | दाङ जिल्लाको पूर्वीदाङ र मध्यदाङमा माओवादी केन्द्रको संगठन निक्कै कमजोर हुँदै गएका बेला प्रचण्डको दाङ भ्रमण र सम्बोधनले कार्यकर्तामा कि त् झनै नैराश्यता थपेर
जान्छ कि त उर्जा थपेर जान्छ नाम नबताउने शर्तमा एक जना राजनीतिक शास्त्रका प्रोफेशरले हामी संगको कुराकानीमा टिप्पणी गरे |
