जंगली स्यालको टोकाई बाट एकै घरका दुई जना घाईते

तुलसीपुर २७ पौष २०८१ शनिबार, दाङको तुलसीपुरमा जंगली स्यालको टोकाई बाट दुई जना घाईते भएका छन | घाईते हुनेमा तुलसीपुर ४ खाद्रेका ७३ वर्षका भूप बहादुर वली र ४९ वर्षका यज्ञ बहादुर वली रहेका छन | स्यालको टोकाई बाट घाईते

भएका उनीहरु एकै घरका बाबु छोरा हुन | शनिबार साँझ ६ बजेको समयमा उनी हरुलाई जंगल बाट गाउँ पसेको जंगली स्यालले टोकेको हो | म खाना खाएर हात धुनका लागी बाहिर धारामा आएका बेला मलाई एक्कासी जंगली स्यालले आक्रमण

गरेर टोक्न थाल्यो म हडबडाएर् घरको कोठा भित्र पसें त्यो स्याल पनी मेरा पछी पछी कोठा भित्रै पुग्यो र मलाई टोक्न थाल्यो मैले प्रतिकार गर्ने क्रममा मेरो दाहिने हातको चोर औंला र दाहिने हातको कुमपाखुरामा गहिरो घाउ लाग्ने गरी टोक्यो यज्ञ बहादुर

वली ले राप्ती पहिचान लाई बताए | मलाई दुई ठाउँमा टोकी सकेको भए पनी मैले आफुलाई जोगाउन कोठा भित्र रहेको कुर्सी उठाएर त्यो स्याल लाई हिर्काउदै कोठा बाहिर निकालें यत्तीकैमा बुवा म भएको कोठा तिर मलाई बचाउन आउन लाग्दा त्यो

स्यालले बुवा लाई पनी टोक्यो वली ले अगाडी भने | छोरा बेस्सरी कराएर कोठा भित्र गद्राङ गुद्रुङ गरेको सुने पछी के भएको हो भनेर म छोरा बस्ने कोठा तर्फ दौडेर जाँदै गर्दा मलाई पनी त्यही स्यालले टोक्यो भूप बहादुर वली ले हामी संगको कुराकानीमा बताए | हेर्नुस त् मलाई पनी यहाँ यहाँ टोकेको छ बायाँ हातको हत्केला र दायाँ हातको नाडी पाखुरामा रहेका गहिरो घाउ चोट

देखाउदै वली ले अगाडी भने | त्यो स्यालले मलाई गहिरो घाउ लाग्ने गरी टोकी सके पछी म एक्कासी कराएछु म कराएको छरछिमेकीले सुने पछी के भयो?के भयो? भन्दै मेरो घर सम्म आई पुगेका छरछिमेकी हरु लाई पनी त्यो स्यालले आक्रमण गर्न

थाले पछी छरछिमेकी हरुले दाउराको चिर्पट,लठ्ठीले स्याल लाई हिर्काउन थाले र केही बेरमा त्यो स्याल पनी त्यहीं मर्यो वली ले हामी संगको कुराकानीमा अगाडी भने | दुई पुरुष लाई स्यालले टोकेपछी वहाँ हरु अस्पताल आउनु भएको थियो र वहाँ हरुलाई

पहिलो चरणमा टिटनेस बिरुद्दको खोप दिईएको छ भने आईतबार रेबिज बिरुद्दको एन्टीरेबिज खोप दिईने कुरा राप्ती प्रादेशिक अस्पताल प्रशासनले राप्ती पहिचान लाई जानकारी दियो |

प्रतिक्रिया