सल्यानमा दुई नाबालिका आफ्नै घरमा मृत भेटीए पछी आमा प्रहरीको नियन्त्रणमा

तुलसीपुर २४ पुष २०८१ बुधवार, सल्यानमा २ नाबालिका घरमा मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका –११ सिस्ने पातल निवासी टेकमान रानाका २ वटी छोरी ६ महिने रागवी र ३ वर्षकी करिष्मा राना मृत अवस्थामा

फेला परेको सल्यानका प्रहरी प्रमुख डीएसपी केशर न्यौपानेले जानकारी दिनुभयो । घटना बिहान साढे १० बजे भएपनि प्रहरीलाई ३ बजे खबर आएको डीएसपी न्यौपानेले बताउनुभो । बालिका हत्या आरोपमा प्रहरीले आमा २४ वर्षकी पूर्णिमा

रानालाई नियन्त्रणमा लिएको छ ।‘सुरुमा आमाले छोरी बिरामी छन भनेर जेठानी नाता पर्नेलाई बोलाइन । घटना शङ्कास्पद भएपछि गाउँघरमा हल्ला भयो । मान्छेहरू भेला हुन थाले । त्यसपछि प्रहरीलाई ३ बजे खबर आयो । प्रहरीलाई घटनास्थल पुग्न

२ घण्टा लाग्यो । प्रहरी पुग्दा आमा घरमै छन् । मृतक बच्चाको घाँटीमा निलडाम देखियो । अनुसन्धान आमाबाटै सुरु गर्नुपर्ने भयो । कित आमाले म घरमा नभएको बेला यस्तो घटना भयो भनेर प्रहरीलाई खबर गर्नुपर्थ्यो । त्यो पनि भएन । त्यसपछि

आमालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौ ।’ डीएसपी न्यौपानेले भन्नुभयो । बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोट गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया