शवदाहगृह ब्यबश्थापन समितीको प्रथम साधारण सभा सम्पन्न

तुलसिपुर ६ पुष २०८१, तुलसीपुर उपमहानगरको वडा नम्बर ३ को गहते श्थित त्रीबेणी शवदाहगृह ब्यबश्थापन समीतीको प्रथम साधारण सभा विभिन्न कार्यक्रम गरि सम्पन्न

भएको छ।शवदाहगृह ब्यबश्थापन समितीका अध्यक्ष बिजय मल्लको सभापतित्वमा भएको समितीको साधारण सभामा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष

घनश्याम ढकाल र वडा नम्बर ८ का वडा अध्यक्ष धर्मराज वलीको समेत उपश्थिती रहेको थियो। तुलसीपुर ३ को गहते श्थित यो शवदाह स्थल त्रीबेणी घाट नामले चिरपरिचित

शवदाह स्थल हो। परापुर्वकाल देखी मृत्यु पछी गरिने शवदाह गर्न सो स्थान प्रयोग हुँदै आएको भए पनी त्यस स्थानमा शवदाह गर्न आवश्यक कुनै पनी भौतिक संरचना निर्माण गर्ने

तर्फ कसैको ध्यान नगए पछी गहते त्रीबेणी घाट शवदाह ब्यबश्थापन समिती गठन गरी हाल सो स्थानमा शव ब्यबश्थापन गर्न आवश्यक भौतिक संरचना निर्माण गर्न

थालिएको हो। यो भन्दा अघी सो घाटको पश्चिम तर्फ शवदाह स्थल निर्माण गर्न भनी तुलसीपुर ३ को वडा कार्यालयले ५ लाख रुपैयाँ बजेट बिनियोजन गरी पिलर ठड्याउने काम

बाहेक थप निर्माण कार्य नगरे पछी हाल समितीको पहलमा शवदाह स्थलको पुर्व तर्फ छुट्टै ठाउँमा आवश्यक भौतिक संरचना निर्माण गर्न थालिएको छ। हामीले चन्दा संकलन

गरेर र परमपरा टेलीसिरियलको टिमले भैलो खेलेर उठाएको रकम बाट शवदाहका लागी आवश्यक संरचना छिट्टै निर्माण हुन्छ ,निर्माण कार्य सुरु भई सकेको छ गहते त्रीबेणी घाट

शवदाहगृह ब्यबश्थापन समितीका अश्यक्ष बिजय मल्ल ले राप्ती पहिचान सँगको कुराकानीमा बताए। साधारण सभामा बोल्ने बक्ता हरुले यो पुण्यको कामका लागी आफू हरुले

खुशी खुशी आर्थिक सहयोग गरेको कुरा बताए। उक्त स्थानमा परम्परा टेलिसिरियल को ग्रुपले २०७९ सालमा भैलो खेलेर करिब ६ लाखको लागतमा १३ मिटर लम्बाई र १०

मिटर चौडाई भएको जस्तापाताले लगाएको मलामी बिश्रामालय र महिला पुरुषका लागी छुट्टा छुट्टै शौचालय निर्माण गरी सकेको छ।प्यारेलाल बस्नेत ले शावदाह स्थल

सम्म पुग्न आवश्यक मोटर बाटो का लागी चाहिने जग्गा दान दिनु भएको हो भने शवदाह स्थल निर्माण गर्न आवश्यक जग्गा तुलसीपुर ३ गहते निवासी शिवराम खरेल ले १३०

वर्गमिटर र तुलसीपुर ७ निवासी सर्वजित वली ले १३० वर्गमिटर जग्गा दान गर्नु भएको हो।

प्रतिक्रिया