दाङमा रगत जाँच गरेर हात्तीपाईले रोगको पहिचान गर्ने अभियान सुरु

तुलसीपुर १२ मङ्सिर २०८१ वुधवार, रोग लागी सके पछी निको नहुने प्राणघातक हातीपाईले रोग नियन्त्रण गर्न र यस अघी रास्ट्रीय अभियान अन्तर्गत हातीपाईले रोग बिरुद्द

नागरिकलाई खुवाईएको औषधीले नागरिक हरु हात्तीपाईले रोग बाट सुरक्षित भए की भएनन् भन्ने एकिन गर्न दाङ जिल्लामा रगत जाँच गरेर हात्तीपाईले रोग लागे नलागेको बारे

पहिचान गरिने भएको छ | तुलसीपुर उपमहानगरपालिकाको जनस्वाश्थ्य प्रवर्धन शाखा अन्तर्गतको तुलसीपुर नगरस्वाश्थ्य केन्द्रमा आयोजना गरिएको एक कार्यक्रममा यस्तो जानकारी

गराईएको हो | who को मापदण्ड अनुसार ६ पटक सम्म औषधी खुवाए रोग नियन्त्रण हुने भनिए पनी सबै नागरिकले हात्तीपाईले रोगको औषधी नखाईदिंदा नेपालमा यस अघी

१३ पटक सम्म हात्तीपाईले रोग बिरुद्दको औषधी खुवाउने अभियान चलाई सकिएको छ | यो पनी अघीकै अभियान सरहनै हो पहिला औषधी खुवाउने अभियान हुन्थ्यो भने

अहिले हात्तीपाईले रोगको प्रजीबी छ छैन भनेर नागरिकको रगत जाँच गर्ने काम हन्छ तुलसीपुर उपमहानगरको जनस्वाश्थ्य प्रवर्धन शाखाका अधिकारी ओम प्रसाद

न्यौपानेले राप्ती पहिचान लाई बताए | दाङ जिल्ला लाई A Zon र B zon गरी दुई भागमा बाँडेर हात्तीपाईले रोगको परिक्षण गर्ने तयारी भएको छ RTI international का

सर्भेकोर्ड़ीनेटर सरोज महासेठले हामी लाई बताए | उनका अनुसार दाङ जिल्लाको तुलसीपुर उपमहानगर,घोराही उपमहानगर र बंगलाचुली गाउँपालिका लाई A Zon र बाँकी

दंगीशरण गापा, शान्तिनगर गा पा,बबई गापा लगायत ७ वटा गाउँपालिका लाई B zon मा राखेर यस्तो अभियान चलाउन लागिएको छ। पहिलो पटक एन्टिजिन प्रविधी बाट रगत जाँच

गरिन्छ यदी एन्टिजिन प्रविधी बाट गरिएको जाँचमा कुनै ब्यक्तीमा हात्तीपाईले रोग पोजिटिभ आयो भने ती ब्यक्तीको रातीको समयमा पुन: रगत तानेर जाँचका लागी स्लाइड

बनाएर माईक्रोस्कोप प्रविधी बाट जाँच हुन्छ भने दुबै पटक जाँच गर्दा हातीपाईले पोजिटिभ आयो भने ती ब्यक्ती लाई उपचार गर्नु पर्ने हुन्छ महासेठले भने । दाङ

जिल्लाका A र B zone बाट प्रती zon ३१५० वटा नमुना सेम्पल लिइने छ र अबको यो अभियानको यथार्थ रिपोर्ट आए पछी यस क्षेत्रमा हात्तीपाईले

रोगको औषधीको थप मात्रा खुवाउने कि नखुवाउने भन्ने एकिन हुन्छ नगरस्वाश्थ्य केन्द्र तुलसीपुरका केन्द्र प्रमुख खुम प्रसाद न्यौपानेले बताए। हाम्रो यो अभियान घर घरमा पुग्दैन

तर हामीलाई शंकास्पद लागेका ठाउँ हरुमा बसोबास गर्ने नागरिकको घर घरमा पुगेर पहिला FTH किट्स बाट नागरिकको औँलामा घोँचेर थोरै रगत निकालेर ती ब्यक्तीमा

हात्तीपाईले रोग भए नभएको जाँच गर्छौं यदी ती ब्यक्ती पोजिटिभ देखिए भने मात्रै उनको रातीको समयको रगत तानेर स्लाइड बनाएर माईक्रोस्कोप प्रविधी बाट जाँच हुने हो

नेगेटिभ आएमा थप जाँच गर्नु पर्दैन महासेठले फेरि भने। यो अभियान घोराही उपमहानगरमा सुरु भई सकेको छ र अब

तुलसीपुर उपमहानगरमा छिट्टै सुरु गर्ने तयारी रहेको कुरा उनले हाम्रा समाचारदाता लाई बताए।

प्रतिक्रिया