दाङमा मोटरसाईकल दुर्घटनामा परी सल्यानका एक युवकको मृत्यु

दाङ १० मंसिर २०८१ शोमवार, दाङमा मोटरसाइकल दुर्घटना हुँदा सल्यानका एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परी सल्यान बागचौर नगरपालिका-३ घर भई हाल तुलसीपुर -९ बेलुवा बस्ने अन्दाजी ३० वर्षका लिलाराम डाँगीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता इश्वर थापाका अनुसार आज बिहान साढे ४ बजे लमही बजारबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ७ प ४९५४ नम्बरको मोटरसाइकल लमहीको रातो डाडा स्थित प्रहरीको बेरिङगेटमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका डाँगीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता थापाले बताउनुभयो । मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका -५ न्युरोड बस्ने अन्दाजी २६ वर्षका रोशन विक सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बि क लाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया