तुलसिपुर ४ मङ्सिर २०८१ मंगलवार । नेपाल विद्युत प्राधिकरण तुलसिपुर बितरण केन्द्रमा ड्युटी समयमा कार्यालय भित्रै तास जुवा खेल्ने कर्मचारी हरुलाई के गर्ने भन्ने
बारेमा छानबिन समिती गठन भएको छ। नेपाल बिद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालयले त्यस्तो छानबिन समिती गठन गरेको हो। सत्यतथ्य बुझ्न र तास जुवा खेल्ने
कर्मचारी हरुलाई के गर्ने भन्ने बारेमा तीन सदस्यीय छानबिन समिती गठन गरेको छु नेपाल बिद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालयको कार्यालय प्रमुख हरी प्रसाद पाण्डेले
राप्ती पहिचान लाई बताए। यस लुम्बिनी प्रादेशिक कार्यालयका प्रशासकिय अधिकृत भोजराज पोख्रेलको संयोजकत्वमा ज्ञान प्रसाद भट्टराई र खेमराज आचार्य सदस्य
रहेको छानबिन समिती गठन भई सकेको छ छानबिन समितीले आफ्नो काम छिटै सुरु गर्छ पाण्डे ले हामी संग बताए। यता यही बिषयमा छानबिन समितीका संयोअजक
भोजराज पोख्रेल लाई फोन सम्पर्क गरी छानबिन समितीले छनबिनको काम कहिले सुरु गर्छ भनी प्रश्न गर्दा तुलसिपुर बितरण केन्द्रमा कार्यरत कर्मचारी हरु कार्यालय समयमा
कार्यालय परिसर भित्र तास जुवा खेली रहेको समाचारमुलक भिडियो सामग्री प्रशारण भएकोले त्यहाँ के भएको हो भन्ने बारेमा मेरो संयोजकत्वमा ३ सदस्यीय छानबिन समिती गठन
भएको छ अब हामी छानबिनको काम अगाडी बढाउछौं भन्ने जवाफ फर्काए। सरसर्ती भिडियो हेर्दा तास खेलेको कुरा देखिन्छ के कसरी तास जुवा खेलिएको हो भन्ने बारेमा
छानबिन बाट निष्कर्ष निकाल्छौँ पोख्रेल ले अगाडी भने । केही दिन अघी दाङको तुलसिपुर बाट संचालित राप्ती पहिचान डटकम नामक अनलाईन संचारगृह बाट नेपाल
बिद्युत प्राधिकरण तुलसिपुर बितरण केन्द्र्को परिसरमा रहेको सव-स्टेशन भित्र कार्यालय समयमा नेपाल सरकारले रास्ट्रसेवक कर्मचारीहरुको पहिचानका लागी प्रदान गरेको
सरकारी पोशाकमै तास जुवा खेली रहेको भिडियो सामग्री प्रशारण भएको थियो। भिडियोमा त्यस कार्यालयका लेखापाल जुबेर अहमद खान तथा भुपेन्द्र मल्ल,पवन
वली,दिनेश चौधरी र गोपी चौधरी खुलेआम तास खेली रहेको देखिएको छ। नेपाल रास्ट्रले जारी गरेको मुलुकी अपराध संहिता २०७४ को दफा १२५ मा जुवा खेल्न वा सट्टाबाजी
गर्न नहुने ब्यबश्था छ भने सो ही दफाको उपदफा १ मा कसैले जुवा खेल्नु वा खेलाउनु हुँदैन र जुवा खेले खेलाएमा उप दफा २ मा उप दफा १ बमोजिमको कसुर गर्ने ब्यक्ती
लाई देहाय बमोजिमको सजाय हुनेछ भनी उप दफा २ को ( क) मा पहिलो पटक जुवा खेल्ने खेलाउने ब्यक्ती लाई तीन महिनासम्म कैद वा तीस हजार रुपैयाँ जरिवाना, उप दफा २
को (ख) मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद ५० हजार रुपैयाँसम्म जरिवाना र त्यस पछीको कसुरमा पटकै पिच्छे थप तीन महिनासम्म कैद र १०
हजार रुपैयाँ जरिवाना हुने ब्यबश्था रहेको छ। यता नेपाल बिद्युत प्राधिकरण कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावली संशोधन सहित २०७५ को कुनै पनी दफा उपदफामा
प्राधिकरणका कर्मचारी हरु कार्यालय समयमा कार्यालय परिसर भित्र जुवा तास खेल्न पाउने ब्यबश्था छैन। तर सो ही विनियमावलीको दफा १४४ देखी दफा १४९ सम्म विभिन्न
उप दफाको ब्यबश्था गरेर नेपाल बिद्युत प्राधिकरणमा कार्यरत कर्मचारी हरुले ती दफा उपदफाको वर्खिलाफ हुने कुनै कार्य गरे गराएमा सचेत गराउने देखी सुरु गरेर भविश्यमा
नेपाल बिद्युत प्राशिकरणमा सेवा अयोग्य हुने सम्मको कार्वाहीको ब्यबश्था गरेको छ। यही बिषयमा हामीले तुलसीपुर क्षेत्रका स्थानिय नागरिक हरुलाई सरकारी कार्यालय भित्र जुवातास खेलिनु लाई तपाईं कसको दोष देख्नु हुन्छ भनी सोधनी गर्दा त्यस कार्यालयका हाकिमको लापर्वाहीका कारण यस्तो कानुनले वर्जित गरेको काम सरकारी कार्यालय भित्र भएको कुरा बताए। सर्व-प्रथम हाकिमलाई कार्वाही हुनुपर्छ त्यस पछी ती तास जुवा खेल्ने कर्मचारी हरुलाई कार्वाही हुनुपर्छ एक स्थानियले हामी सँगको कुराकानीमा नाम नबताउने शर्तमा भने। नेपाल बिद्युत प्राधिकरण तुलसीपुर बितरण केन्द्रको कार्यालय प्रमुखमा हाल शिवनारायण गोशली नाम गरेका आठौँ तहका प्राविधिक तर्फका कर्मचारी कारयरत रहेका छन।