
तुलसीपुर २ मङ्सिर २०८१ आईतवार | भ्रस्टाचार गर्नु आमाको मासु खानु सरह हो पुर्व-वडा अध्यक्ष बुढाको भनाई |
पुर्व-वडा अध्यक्ष बुढाको निधनमा श्रद्वान्जली अर्पण गर्दै भोली मङ्सिर ३ गते राप्ती पहिचान डटकम बाट कुनै पनी समाचार सामग्री प्रकाशन प्रसारण नहुने |
मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन,वा मानिस ठुलो मनले हुन्छ धनले हुँदैन भन्ने जिबन बाटो रोजेका सभ्य,कर्तव्यनिष्ठ,ईमान्दार,जनता प्रती उत्तरदायी,कर्मयोगी एक जना उदाहरणयोग्य पुर्व-जनप्रतिनिधीको आज निधन भएको छ |दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ पिपलनेटा टुनापानी निवासी तत्कालिन तुलसीपुर नगरपालिका
वडा नम्बर ७ का वडा अध्यक्षराम बहादुर बुढा मगरको आज ७३ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो | २००८ साल असार १२ गते छिपछिपेपानी भनी ठाउँमा जन्मेका बुढा तत्कालिन पंचायती शासनको बिरोधी थिए भने २०४६ सालको जनआन्दोलनमा त्यस भेग बाट

सहभागी आन्दोलनकारी थिए | २०४६ सालको जनआन्दोलन सफल भए पछी देश भरीका तत्कालिन १३ वटा नगरपंचायत लाई नगरपालिकामा परिणत गरिएको थियो | त्यसै अनुरुपको राज्यसंरचनाको ढांचा अनुसार तुलसीपुर नगरपालिका बने पछी पहिलो
पटक २०४९ सालमा स्थानीय निकायको निर्वाचान हुँदा उनी तत्कालिन तुलसीपुर नगरपालिका वडा नम्बर ७ बाट नेपाली कांग्रेसको तर्फ बाट वडा अध्यक्षमा पदमा निर्वाचित भएका थिए | ०४९ देखी २०५४ को सुरु महिना सम्म गरी ५ वर्ष वडा
अध्यक्षको पदमा बसी काम गरेका बुढाको कार्यकालमा पहिलो पटक मुहान बाट पाईपमा आएको धाराको पनी खाने मौका पाएका थिए |त्यस अघी तत्कालिन वडा नम्बर ७ मा कतै पनी खानेपानीका संरचना बनेका थिएनन भने त्यस भेगका नागरिक
गाग्री बोकेर २ घन्टाको बाटो खानेपानी लिन जाने गर्दथे | बुढा निर्वाचित भए लगत्तै हालको तुलसीपुर ३ र तत्कालिन तुलसीपुर ७ सल्यान संग सिमा जोडिएको स्थान काफलाठुटा भन्ने ठाउँ बाट ११ कि मि दुरीमा पोलिथिन पाईप बिच्छ्याएर बल्ले, दाङपानी,
टुनापानी, सिद्दधारा, तल्लो सिद्दधारा, नाउला प्रतापकोट, आम्बास, सिस्नेरी, नाउलाखोला,गैरानाउला,बोहरागाउँ,गकुलड़ाडा,थापापानी,दाङपानी लगायत वडाका सम्पूर्ण भेगमा बसोबास गर्ने
वडावासीहरुको घरदैलो सम्म खानेपानी संरचना निर्माण भएका थिए | भ्रस्टाचार गर्नु आमाको मासु खानु सरह हो भन्ने बुढाले जनताले पत्याउने गरी आफ्नो ५ वर्षीय कार्यकाल निष्कलंक पुरा गरेका थिए | बुढाका भव बहादुर बुढा, ओज बहादुर बुढा र
डम्बर बहादुर बुढा गरी ३ छोरा हरु छन | सादा जिबन उच्चबिचार र कठोर आदर्शका धनी बुढाको आज मङ्सिर २ गते बिहान १० बजेको समयमा निधन भएको हो भने बुढाको पार्थिव शरीरलाई आजै तुलसीपुर ३ को बललेखोलाको भिरचार घाटमा
अन्त्यस्ती गरिएको छ | बुढाको वडा निर्वाचान भेग बाट स्थापना भएको राप्ती पहिचान डटकम नामक अनलाईन संचारगृहले पुर्व-जनप्रतिनिधी तथा { पुर्व-वडा अध्यक्ष } स्वर्गीय राम बहादुर बुढा लाई श्रद्वान्जली अर्पण गर्दै भोली मङ्सिर ३ गतेका दिन कुनै पनी प्रकारका समाचार सामग्री प्रसारण प्रकाशन नगर्ने भएको छ |