
तुलसीपुर, २१ कात्तिक २०८१ बुधवार । दाङको तुलसीपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपर–१८ बिजौरी निवासी १६ बर्षीय किशोर श्रेष्ठ
रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।प्रहरीका अनुसार आफ्नै घरमा दिपावलीको लागी
लगाएको बत्ति निकाल्ने क्रममा आज बिहान सवा १० बजेको समयमा एक्कासी बाँया हात र दाँया खुट्टामा करेन्ट लाग्दा उनी गम्भिर घाइते भएका थिए । घाईते श्रेष्ठको राप्ती
प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा ११ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।