वार्षिक १ करोड बढी रकम तलब सुविधा दिईन्छ,कार्यकर्ता भर्ती केन्द्र बने वडा कार्यालयहरु

तुलसीपुर १२ कात्तिक २०८१ सोमवार | तुलसीपुर उपमहानगरपालिकाले प्रयाप्त बजेट छैन भन्दा अस्तव्यस्त छन उपमहानगर भित्रका ग्रामिण सडक अस्तव्यस्त छन |अस्तव्यस्त छन् उपमहानगर भित्रका ग्रामिण क्षेत्रमा बिद्युत विस्तारका योजना, अस्तव्यस्त छन्

उपमहानगर भित्रका ग्रामिण क्षेत्रका खानेपानीका योजना | जिर्ण अवश्थाका छन् उपमहानगर भित्रका ग्रामिण भेगका बिद्यालय भवन संरचना हरु | हटाईएको छ उपमहानगरपालिकाले सुत्केरी आमा हरुलाई प्रदान गर्दै आई रहेको सुरक्षित सुत्केरी आमा

पोषण प्रोत्साहन भत्ता कार्यक्रम | यी र यस्ता गरिब नगरवासी नागरिकका चुलो सम्म पुगी रहेका र पुर्याईएका कार्यक्रम हरु उपमहानगरले अस्तव्यस्त पारी रहेका बेला र हटाई रहेका बेला उपमहानागरकै वडा कार्यालय हरु आ-आफ्ना पार्टीका

कार्यकर्ता भर्ती केन्द्र बनेको तथ्य राप्तिपहिचानले फेला पारेको छ | सरसरती लेख्नु पर्दा तुलसीपुर उपमहानगरमा १९ वटा वडा कार्यालय हरु छन तिनै वडा कार्यालय हरुमा करार कर्मचारीको रुपमा भर्ती गरिएको छ आ-आफ्ना पार्टीका कार्यकर्ता हरु |

उपमहानगरको १९ वटा वडा कार्यालय हरुमा हाल ४५ जना आ-आफ्ना दलका कार्यकर्ता हरुलाई करार कर्मचारी बनाएर भर्ती गरेर उनी हरुलाई मासिक १५ हजार देखी २५ हजार र कतीपय लाई ३०/३५ हजार रुपैयाँ सम्म बिकाश बजेट कटौती हुने गरी

तलब भुक्तानी दिने गरिएको तथ्य राप्ती पहिचान डटकमको १० महिना लामो अनुसन्धान बाट खुल्न आएको छ | भर्ती गरिएका कार्यकर्ता हरुलाई १५ हजार देखी ३५ हजार रुपैयाँ सम्म मासिक तलब दिईदै आएको भए पनी हामीले प्रती महिना प्रती ब्यक्ती

१८ हजारका दरले तलब खर्च रकम निकाल्दा पनी ४५ जनाको एक महिनाको तलब खर्च ८ लाख १० हजार रुपैयाँ हुन आउँछ भने उनी हरुलाई एक वर्षमा १३ महिनाको तलब सुबिधा उपल्ब्ध गराउँदा उपमहानगरको बिकाश कोष बाट वार्षिक १ करोड ५

लाख ३० हजार रुपैयाँ फजुल खर्ची हुँदै आएको पाईएको छ | तुलसीपुर उपमहानगरपालिकाका वडा तर्फका करार सेवाका कर्मचारी हरु कुन वडामा कती जना कार्यरत छन् भन्ने बारे तत् तत् वडामा पुगेर अनुसन्धान र सोधी खोजी गर्दा सम्बन्धित वडा कार्यालय हरुले यस्तो जानकारी दिएका हुन |

वडा नम्बर १- २ जना वडा नम्बर २-मा २ जना | वडा नम्बर ३- ४ जना वडा नम्बर ४ मा २ जना

वडा नम्बर ५ -२ जना वडा नम्बर ६ – ५ जना वडा नम्बर ७ – ३ जना वडा नम्बर ८ मा २ जना

वडा नम्बर ९ मा ३ जना वडा नम्बर १० मा १ जना वडा नम्बर ११ मा ३ जना वडा नम्बर १२ मा २ जना

वडा नम्बर १३ मा २ जना वडा नम्बर १४ मा २ जना वडा नम्बर १५ मा १ जना वडा नम्बर १६ मा ३ जना

वडा नम्बर १७ मा ३ जना वडा नम्बर १८ मा २ जना र वडा नम्बर १९ मा १ जना करारका कर्मचारीको रुपमा कार्यरत रहेका छन | यस बारे किन यसरी नगरको बिकाश बजेटनै कटौटी हुने गरी करारका कर्मचारी राखेको हो भनी सोधनी गर्नका लागी हामीले तुलसीपुर उपमहानागरपालीकाका नगर प्रमुख टिकाराम खडका र उपमहानगरका प्रवक्ता माधव वली लाई फोन सम्पर्क गर्दा दुवै जनाले मोबाईल स्विच अफ गरेको पाईयो |

प्रतिक्रिया