दाङको साततलेमा जिप दुर्घटना,२ जनाको मृत्यु ३ घाईते

तुलसीपुर, १० कात्तिक २०८१ ।  दाङको तुलसीपुरमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा जिप चालक दाङको दंगीशरण गाउँपालिका–४ बैंबाङका २२ बर्षीय हिरामणी बुढा र सल्यानको कपुरकोट

गाउँपालिका–६ का १९ बर्षीय सुरेश खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।यस्तै दुर्घटनामा परी कपुरकोट–६ की ३१ बर्षीया देवा वली, उहाँका १३ बर्षीय छोरा महेश

वली र १० बर्षीय छोरा जिवन वली गम्भिर घाइते भएका छन् । उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ । पहरीका अनुसार रोल्पाबाट सल्यान हुदै तुलसीपुरतर्फ आउदै

गरेको रा १ ज ८२२ नम्बरको डबल क्याप जिप तुलसीपुर–३ को सात्तले नजिकै शनिबार बिहान ४ बजेको समयमा सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो ।।

प्रतिक्रिया