१६ वर्षीय किशोरी लाई बिदेशी नागरिक संग बिबाह गराउदै गर्दा ८ जना पक्राउ

सुनसरी, ८ कात्तिक २०८१ बिहीवार, सुनसरीमा बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक छन् भने अरु नेपाली छन् । १६ वर्षकी बालिकालाई सुनसरीको

चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेल भन्ने स्थानमा बस्ने ३३ वर्षीय लि टेङ नामका चिनियाँ नागरिकसँग विबाह गराउँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले किशोरीका बाबुसहित चिनियाँ नागरिक ३३ वर्षीय लि टेङ,

उदयपुरको बेलका नगरपालिका–९ का ४३ वर्षीय दीपक दर्जी, सोही स्थानका ४२ वर्षीय बद्रीबिक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय शितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङसँगै

चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरेको हो ।नेपालमा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने कानुनी व्यवस्था छ । यसरी जबर्जस्ती विवाह गराएमा विवाह बदर हुने र यसमा कसुर गर्ने

व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था पनि मुलुकी संहिता २०७४ म‍ा छ । सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाका अनुसार किशोरीलाई प्रलोभनमा पारी जबर्जस्ती विवाह गर्दै गर्दा प्रहरीले उद्दार गरेको हो । विपन्न

परिवारका किशोरीका बुबाले भने छोरीका लागि राम्रै होस् भनेर विवाह गरेको बताएको एसपी तिमल्सिनाको भनाई छ । चिनियाँ पक्षले विवाह गर्नुको कारणबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।।

प्रतिक्रिया