पोखरा ८ कात्तिक २०८१ बिहीवार । सहकारीमा बचतकर्ताको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछाने लाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको
अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभएको छ ।अदालतले यसअघि दिएको ६ दिनको म्याद आज सकिएसँगै प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा
पक्राउ परेका लामिछाने र पूर्व-डीआईजी तथा रवि कै तत्कालीन साझेदार छविलाल जोशी लाई समेत आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।