लामिछाने लाई ६ दिन थुनामा राख्न अदालतको अनुमती

पोखरा ४ कार्तिक २०८१ आईतवार

रास्ट्रीय स्वतन्त्र पार्टीका सभापति पूर्वगृहमन्त्री रवि लामिछाने लाई ६ दिन थुनामा राख्न अदालतले अनुमती दिएको छ।जिल्ला अदालत कास्कीले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो ।कास्की

जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका भनाई अनुसार न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको कुरा हाम्रा समाचारदाताले खबर पठाएका छन| जिल्ला

प्रहरी कार्यालय कास्कीले उनलाई सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै म्याद थपका लागी आज अदालतमा उपस्थित गराएको थियो । अदालतमा भएको बहसपछि अनुसन्धान गर्न समय पाएको कास्की प्रहरीले लामिछाने विरुद्दको

सहकारी ठगी प्रकरणमा थप आधार प्रमाण संकलन गरी सहकारी ऐनमा भएको सजायको ब्यबश्था र मुलुकी अपराध संहितामा रहेको कसुर अनुसारको सजायको माग दाबी गरेर उनी बिरुद्द जिल्ला सरकारी वकिल कार्यालय मार्फत अदालतमा मुद्दा दायर

गर्ने तयारी गरेको छ।पोखरा श्थित् सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने लाई काठमाडौँबाट गएको शुक्रवार पक्राउ गरिएको थियो |लामिछानेलाई सोही राति पोखरा पुर्‍याइएको थियो भने उनी पक्राउ परे सँगै रास्ट्रीय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता ले सो कार्यको बिरुद्दमा प्रदर्शन गरी रहेका छन |

प्रतिक्रिया