दाङमा कुवामा डुबेर एक ब्यक्तीको मृत्यु

तुलसीपुर, ४ कात्तिक २०८१ ।  दाङको तुलसीपुरमा कुवामा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक

प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार चौधरी आफ्नै घरको कुवामा डुवेको अवस्थामा मृतककी भाउँजु आँसी चौधरीले आज बिहान पौने ७ बजेको समयमा देखेपछी घटना बारे प्रहरीलाई लाई जानकारी गराईएको थियो । घटनाको

जानकारी पाएलगत्तै विपद व्यवस्थापनको टोली प्रहरी घटना स्थलमा पुगी चौधरीको शव कुवाबाट निकालिएको हो । मृतक चौधरी गत असोज ३० गते देखी घरबाट हराइरहेको बुझिएको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया