दाङ तुलसीपुर ३ को अंगेरेखोला भन्ने ठाउँमा एक युवती मृत फेला परिन

तुलसीपुर,३ कात्तिक २०८१ शनिवार ।
दाङको तुलसीपुरमा एक युवती मृत फेला परेकी छिन।मृत फेला पर्नेमा सल्यान कपुरकोट गाउपालिका ४ गाडापानी घर भइ हाल दाङको तुलसीपुरको श्रीगैमा कोठा भाडा लिएर २ वटा छोरा छोरी सहित बस्दै आएकी २८ बर्षकि मिना कठायत रहेको

ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मिना हिजो शुक्रबार देखि घर परिवार सँग सम्पर्क विहिन भएकी थिइन। त्यसपछि खोजतलास गर्दै जाने क्रममा

तुलसीपुर ३ को अंगेरी खोलामा मृत अवस्थामा फेला परेको भनेर मृतकका ससुरा कर्ण बहादुर कठायतले प्रहरीलाई खबर गरेका थिए ।खबर पाए लगत्तै ई.प्र.का तुलसीपुरबाट इन्स्पेक्टर प्रकाश थापाको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा

पुगेर घटना स्थल प्रकृती मुचुल्का पछी मृतकको शव लाई त्यहाँ बाट उठाएर राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। मृतकको शव हाल राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको मृतकका आफन्त हरुले जाहेरी दिए पछी कानुन

अनुसार पोस्टमार्टम पछी दाहसंस्कारका लागी मृतकको शव लाई आफन्तको जिम्मा लगाउने तयारी भएको छ ई,प्र,का तुलसीपुरका सुचना अधिकारी थापाले राप्ती पहिचान लाई बताए | मृतकका श्रीमान विदेशमा रहेको र माईतीघर शान्तिनगर गा,पा को सुनडबरी बाट माईतिहरु घटना स्थलमा पुगेका थिए ।

प्रतिक्रिया