
दाङ तुलसीपुर २ कार्तिक शुक्रबार २०८१, कल्पना गर्नुस डेंगु रोग लागेर थला पार्यो भने तपाई उपचार गर्न कहाँ जानुहुन्छ? भन्दा अस्पताल जानुहुन्छ तर उपचार पाउने अस्पताल परिसर भित्रै अन्यत्र भन्दा अत्यधिक मात्रामा डेंगु रोगका लार्भा फेला पर्यो भन्ने

समाचार सुन्दा तपाईले कस्तो परिकल्पना गर्नुहुन्छ? पक्कै पनी अचम्म मान्नु हुन्छ होला | यस्तै अचम्मको दृश्य र प्रमाण फेला परेकोछ दाङ जिल्लाको तुलसीपुर स्थित एक प्रादेशीक तहको सरकारी अस्पताल परिसर भित्र |त्यहाँ नागरिकको घर र
बजारक्षेत्र भन्दा अत्यधिक बढी मात्रामा डेंगु रोगका लार्भा भेटिएका छन| यस्तो अत्यधिक मात्रामा डेंगुका लार्भा फेला परेको अस्पतालको नाम हो दाङ जिल्लाको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल | तुलसीपुर क्षेत्रमा डेंगु रोगको चरण महामारी

जस्तै देखिन थालेपछी शुक्रबार तुलसीपुर उपमहानगरपालिका कार्याकयको जनस्वाश्थ्य प्रवर्धन शाखाले तुलसीपुर क्षेत्रका सरकारी कार्यालय हरु र अस्पतालमा डेंगु रोगका लार्भा खोजी कार्य गर्दा सो सरकारी अस्पतालमा यस्तो भेटिएको हो |
सरसरती हेर्दा अस्पताल भवनको पछाडी तिरको भागमा ठाउँ ठाउँमा फालिएका टायर,बाल्टी,खाली ड्रम,नाली र प्लास्टिकका सामान हरुमा जम्मा भएको फोहोर पानीमा अत्यधिक मात्रामा डेंगुका लार्भा फेला परेका हुन |लार्भा खोजी कार्य गर्दै जाँदा राप्ती

प्रादेशिक अस्पतालको अक्सिजन प्लान्ट वरपर त् हामीले कल्पना गरे भन्दा धेरै बढी मात्रामा डेंगु रोगका लार्भा फेला परे हामी लाई पनी अचम्म लाग्यो तुलसीपुर उपमहानगरको जनस्वाश्थ्य प्रवर्धन शाखाका जनस्वाश्थ्य निरीक्षक बिमल के सी ले राप्ती
पहिचान लाई बताए |अस्पताल परिसर भित्र जहाँ हेर्यो त्यही डेंगुका लार्भा भेटीए अस्पताल परिसर भित्र यस्तो अवश्था होला भनेर हामीले सोचेका समेत थिएनौ के सी ले अगाडी भने | हाम्रो शाखा बाट सम्पादन हुने स्वाश्थ्यका काम भनेको सामान्य

उपचार मात्रै हो नागरिकलाई डेंगु रोग लागे पछी सन्चो हुनका लागी त अस्पताल नै जानु पर्छ तर राप्ती प्रादेशिक अस्पताल परिसर भित्रको यो कहाली लाग्दो दृश्य देख्दा म आफै पनी भयभित भएँ अर्का जनस्वाश्थ्य निर्देशक बिष्णु गिरीले अचम्म मान्दै
हामी संग भने | यस्तो पनी हुन्छ त्? डेंगु रोग लाग्यो भने सन्चो हुन अस्पताल आउने की थप डेंगु सार्न अस्पताल आउने? म त छक्क परें उनले अगाडी भने | यो अस्पतालमा ४८ जना कार्यालय सहयोगी कार्यरत छन तर एउटो उत्तानो परेर पानी जमेको
ड्रम जहाँ डेंगुका लार्भा मात्रै भेटीए त्यो एउटो ड्रमलाई समेत घोप्ट्याउन सक्दैनन भने उनी हरुको काम के हो? तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा सदस्य भिम बहादुर के सी ले जिज्ञासा राख्दै प्रश्न गरे | यसै बिषयमा हामीले राप्ती

प्रादेशिक अस्पतालका मे,सु, डाक्टर पदमराज अधिकारी लाई फोन गरेर तपाईको अस्पतालमा डेंगु रोग लागेका मान्छे निको हुन आउने की? डेंगु रोग सार्न आउने? भनी प्रश्न गर्दा सरसफाईको काम भई रहेको कुरा बताए | जनशक्ती अभावका कारण
जती हुन पर्ने सरसफाई त्यती हुन नसकेर त्यस्तो भएको हो डेंगु रोगका लार्भा अस्पताल परिसर भित्र अत्यधिक मात्रामा देखा परी सके पछी त्यसलाई आजै निर्मुल पार्ने काम गर्छौं अधिकारीले अगाडी भने | जवाफदेही निकायका प्रमुखले यस्तो खालको

जवाफ दावी गरे पनी बिरामी भएर अस्पताल भर्ना हुन आउने र बहिरंग सेवा बाट स्वाश्थ्यसेवा लिन आउने नागरिक हरु राप्ती प्रादेशिक अस्पतालको फितलो प्रशासनका कारण सृजना भएको डेंगु रोगको जोखिम बाट तत्काल सुरक्षित होलान भन्ने कुरा हाम्रा सम्वाददाताले विश्वास लिएका छैनन |
रमा बुढा मगर–[ राप्ती पहिचान ] तुलसीपुर दाङ