
दाङ : बगलामुखी बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा सम्पन्न भएको छ । बुधबार सिसा नेपालको आयोजना कारितास नेपालको आर्थिक सहयोगमा बिस्थापित पुनर्स्थापना परियोजना अन्तर्गत मानव अधिकार संरक्षणका
सवालमा आर्थिक तथा सामाजिक परियोजनाबाट सञ्चालित सहकारी संस्थाले आफ्नो १४ औ साधारण सभा सम्पन्न गरेको हो । २०६८ सालमा ५० जना सदस्यबाट ५० हजार रकमसहित सञ्चालनमा आएको संस्थामा अहिले २२० जना सदस्य रहेका छन्,
भने ९२ लाख पूँजी रहेको संस्थाको व्यवस्थापक राधा अधिकारीले जानकारी दिए । पिछडिएका दिदी बहिनी हरूलाई आर्थिक प्रगतिका लागि महिलाका सवालमा अगाडि ल्याउन संस्थाले लगानी गरेको संस्थाकी अध्यक्ष राधा कुमारी शर्माले बताइन् । यस्तै
संस्थाकी सल्लाहकार साजिदा सिद्धिकिले कृषितर्फ जागरुक हुँदै खाली समय सदुपयोग गर्दै आर्थिक आयआर्जनको बाटो रोज्नुपर्ने बताइन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी सिद्धिकिले आर्थिक पाटोमा नजोडिदा आर्थिक अवस्था खलबलिने र
शारीरिक तथा मानसिक तनाव हुनुको साथै डिप्रेसनको सिकार बन्न सक्ने भन्दै यस खालको समस्याबाट बच्न महिलाहरूलाई व्यस्त बनाई आयश्रोत बढाउने गरी संस्थाले काम गरेको बताइन् । आगामी दिनमा बिभिन्न सीपमुलक तालिमको आयोजना गरी
महिलाहरूलाई आत्मनिर्भर बनाउनुपर्ने समेत सुझाव दिए । यस्तै संस्था गरीब तथा निमुखाहरूको सारथि बन्नेमा पनि विश्वास व्यक्त गरे । १४ औ साधारणसभाको अवसरमा संस्थाले बिभिन्न ब्यक्तिहरूलाई सम्मान समेत गरेको छ । सम्मान हुनेहरूमा
समयमै ऋण तिर्ने बेलमती बिक , संस्थाबाट कर्जा लागि बिभिन्न कृषि पेशामा सफल हुने सपना हमाल र संस्थाकै वृद्धा सदस्य खिमा सुनार रहेका थिए । उनीहरूलाई प्रमुख अतिथि सिद्धिकिले खादा ओढाएर सम्मान गरेकी थिइन् । संस्थाकी अध्यक्ष
शर्माको अध्यक्षतामा तथा सल्लाहकार सिद्धिकिको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन सचिव उर्मिला चौधरीले गरेकी थिइन् ।