दाङ, ३० असोज २०८१, देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच सय ९९ पुगेको छ । डेङ्गु
सङ्क्रमणबाट हालसम्म नौ जनाको मृत्यु भइसकेको छ ।डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गुको सङ्क्रमण सबैभन्दा बढी काठमाडौंमा फैलिएको छ । काठमाडौंमा डेङ्गु सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पोस्ट मनसुन सुरु हुँदा डेङ्गुको जोखिम बढ्ने सम्भावना रहेको बताउनुभयो ।उहाँले दशैँ लगत्तै अस्पताल आउने
डेङ्गुका बिरामी बढिरहेको बताउनुभयो ।यता दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्र पनी डेंगु संक्रमितको संख्या ह्वात्तै बढेको छ | उपमहानगरको जनस्वाश्थ्य शाखाका अनुसार एक महिना अघी सम्म ६७ जना मात्रै संक्रमित रहेकोमा
हाल आएर ४ सय भन्दा बढी मानिसमा डेंगु सक्रमण देखिएको छ |भदौ महिना भन्दा असोज महिनामा डेंगु संक्रमित हुनेको संख्या ह्वात्तै बढेको छ उपमहानगरको जनस्वाश्थ्य प्रवर्धन शाखाका प्रमुख ओम प्रकाश न्यौपानेले राप्तीपहिचान लाई बताए |
डेंगु संक्रमितको संख्या एक्कासी बढ्न थाले पछी हामीले हाम्रो उपमहानगरको डेंगु जोखिम क्षेत्र पहिचान गरी ती क्षेत्र हरुमा डेंगुका लार्भा खोजी र लार्भा नष्ट गर्ने काम गरेका छौं न्यौपाने ले हामी संग भने | उपमहानगर क्षेत्रको डेंगु जोखिम क्षेत्र मध्ये वडा
नम्बे ५,६ र ९ नम्बर वडामा लार्भा खोजी अभियान गरेर लार्भा नष्ट गर्ने काम भएको छ भने नागरिक हरुलाई डेंगु कसरी फैलिन्छ र यसको वास स्थान के हो? भन्ने बारेमा घर घरमा पुगेर चेतनामुलक प्रचार सामग्री हरु वितरण गरेका छौं उनले अगाडी
भने | लार्भा नष्ट गर्न सकियो भने त्यो लामखुट्टे बन्न नपाउने र लामखुट्टे बन्न पाएन भने त्यसले अण्डा दिने कुरा भएन त्यसैले हामी हरुले जोखिम अनुमान गरिएका क्षेत्रमा सब भन्दा पहिला लार्भा नष्ट गरेका हौँ जनस्वाश्थ्य प्रवर्धन शाखाका जनस्वाश्थ्य निर्देशक
बिमल केसी ले हामी संग बताए | एडिस एजिप्टाई जातको लामखुट्टेले अण्डा पार्यो भने त्यो अण्डा एक वर्ष सम्म पनी सक्रिय हुने र अण्डा पछी लार्भा बन्ने लार्भा हुर्किएर लामखुट्टे बन्ने र लामखुट्टे बनेको कम्तीमा एक महिना सम्म त्यो लामखुट्टे जीवित रहने गर्छ
त्यसैले लार्भा नै नष्ट गरीदिए पछी त्यो लामखुट्टे बन्न नपाउने र डेंगु संक्रमण फैलाउन पनी नपाउने भएकाले हामी हरुले लार्भा नष्ट गर्ने काम गरेका हौँ के सी ले हामी संग अगाडी भने | विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा
डेङ्गु सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो ।डेङ्गु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने,
खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ । डेङ्गु सङ्क्रमणबाट बच्न मुख्यतः लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ