गायक ओम प्रकाश के सी को नयाँ गीत सिमसिम घामपानीमा सार्वजनिक

दाङ १५ असोज २०८१, कठोर संघर्ष पछीको एउटा सफल जिबनको नाम हो दाङका नव-गायक ओम प्रकाश के सी | उनले उनको जिबन भोगाईका बारे हाम्रा सम्वाददाता लाई नलेख्न अनुरोध गरे पनी हामीले छोटकरीमा लेख्नु पर्दा उनले पुर्व पश्चिम उत्तर् र दक्षिणमा अग्ला अग्ला तर कतै उजाड र कतै हरियालीले भरिएका पहाड हरुले घेरेको बिचमा रहेको दाङको समथर फाँट हरुमा बसन्तऋतु मात्रै हैन

उनले कैयन शरदऋतु हरुलाई पनी बडो कठोर संघर्षका साथ पार गरेको आफ्नै आँखाले देखेको कुरा हाम्रा सम्वाददाताले हामी लाई बताए | तरुण उमेरले छोए संगै उनलाई गीत लेखन र गीत गायन तर्फको रहरले पनी छोएको थियो | तर जीवनका ती ऋतु हरुमा अभावका कारण उनले आफ्नो कला र गला प्रदर्शन गर्ने मौका पाएका थिएनन | उनै दंगाली नव-गायक ओम

यस अघी सार्वजनिक भएको भेरी कर्णालीको छेउ,,छेउ छेउमा बसेर मायाँ प्रिती लाउँ देउ बोलको गीतमा अन्जु बिश्वकर्मा संग |

प्रकाश के सी को नयाँ गीत सिमसिम घामपानी बोल रहेको लोक गीत भर्खर मात्रै सार्वजनिक भएको छ | दाङका गायक ओम प्रकाश केसी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको सिमसिम घामपानी बोलको मौलिक गीतको भिडियो omstar digital youtube च्यानलबाट सार्वजनिक भएको छ | आफ्नो कठोर संघर्ष पछीको उपलब्धीको केही अंश आफ्नो रुचीमा पर्ने गरेको गायन क्षेत्रमा

गीत छायाँकन गर्दै गर्दा गायक ओमप्रकाश के सी |

खर्च गर्ने मौका पाएका उनले रिलिज गरेको यो नयाँ गीतमा कृष्ण प्रिय आचार्यको शब्द रहेका छन् भने उनको आफ्नै लय र स्वर रहेको छ | सिमसिम घामपानी बोल रहेको के सी को गीतमा शेरबहादुर डिसी,रायन बस्याल,सोम लामा,निहारिका थापा,अस्मिता विश्वकर्मा र सलोनी कार्कीको संयुक्त अभिनयले गीतमा ईन्द्रेणी रंग भरीदिएको छ | गीतको छायांकन र सम्पादन सुशील डाँगीले

गरेका छन् भने गीत एक्सन मिडियाले निर्माण गरेको हो| गीतको कोरियोग्राफी समिर ठोकरले गरेका हुन भने निर्देशन शेरबहादुर डिसीले गरेका हुन। के सी ले यो भन्दा अघी बजारमा ल्याएको कर्णालीको छेउ,,छेउमा छेउमा बसेर माया पिरती लाउन देउ बोलको गीतले अत्यधिक चर्चा पाएको थियो | गायिका अन्जु विश्वकर्मा र के सी को स्वरमा रहेको उक्त गीतलाई दर्शकदिर्घाले अचम्म रुचाएका थिए |

प्रतिक्रिया