देशकै उत्कृष्ट सामुदायिक विद्यालयको उपाधी पाए पछी मा,बि सेन्टरमा खुशियाली संगै प्रभात फेरी

दाङ तुलसीपुर ७ असोज २०८१ :  दाङको तुलसीपुरमा रहेको   माध्यमिक विद्यालय तुलसीपुर सेन्टर सामुदायिक विद्यालय तर्फ देशमै उत्कृष्ट भएको अवसरमा ऱ्याली निकालेको छ । विद्यालयले सोमबार मदन आश्रित चोकदेखि विरेन्द्र चोक हुँदै  बजार परिक्रमा गरी ऱ्याली निकालेको हो । सामुदायिक विद्यालयतर्फ  देशभरमा उत्कृष्ट नतिजा ल्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री

विद्या भट्टराईले शिक्षा दिवसको अवसरमा नगद तीन लाख रकमसहित मेडल, प्रमाणपत्र, सिल्ड, ध्वजासहित सम्मान गर्नुभएको थियो । समग्र दाङ तथा शिक्षा क्षेत्रको गौरवको विषय रहेकाले ऱ्याली निकालेर गरी खुशी मनाएको  विद्यालयले जनाएको छ । 

उक्त ऱ्यालीमा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरी, तुलसीपुर वडा नम्बर ६ का वडाध्यक्ष, वडा सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरू, विभिन्न जातजातिको पहिरनमा सजिएका विद्यालयमा अध्ययनरत विद्यार्थीहरू,  शिक्षक, शिक्षिका, अभिभावक बाजागाजासहित सहभागी भएका थिए ।  ऱ्याली पश्चात विद्यालयमा एक

औपचारिक  कार्यक्रम मार्फत कार्यक्रमबारे जानकारी गराइएको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखन्तराम पौडेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भागवत पौडलले कार्यक्रमबारे जानकारी गराए । उनले विद्यालय यो स्थानसम्म पुग्नुमा सम्पूर्ण शिक्षक कर्मचारी, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि लगायत सबैको साथ रहेको बताउँदै धन्यवाद ज्ञापन गरे । 

प्रतिक्रिया