सरकारी डाक्टरले निजि अस्पतालमा बिरामी पठाएर व्यापार गर्न खोजे-मेयर खड्का

दाङ तुलसीपुर मंगलवार १ असोज २०८१ । तुलसीपुर उपमहानगरका नगर प्रमुख टीकाराम खड्काले ईमान्दारिता पुर्वक आफ्नो जिम्मेवारी पुरा गर्न सरकारी डाक्टरहरुलाई आग्रह गरेका छन् ।राप्ती प्रादेशिक अस्पतालको बार्षिक समिक्षा गोष्ठिलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले सरकारी डाक्टरले आफ्नो जिम्मेवारी पूरा नगर्दा सामूदायिक अस्पताल प्रति जनविश्वास घट्दो क्रममा रहेको बताए । ‘सरकारी

राप्ती प्रादेशिक अस्पतालको वार्षिक प्रगती समिक्षा कार्यक्रम २०८१ को फोटो |

अस्पतालका डाक्टर डियुटी नसकिदैँ निजी अस्पतालमा जाने गरेको जनगुनासो छ ।’ नगर प्रमुख खड्काले प्रश्न गर्दै भने,‘डियुटी समयमै विरामी डाक्टर खोज्न नीजी अस्पतालमा जानुपर्ने हो भने सरकारी अस्पताल भएको के काम ?’सरकारी डाक्टरले सरकारी अस्पतालमै हुने सेवा लिन प्राइभेट क्लिनिकमा जान बाध्य पर्ने गरेको भन्दै डाक्टरलाई व्यापार नगर्न चेतावनी दिए ।

राप्ती प्रादेशिक अस्पताल

‘सरकारी अस्पतालमै भएको सेवा लिन डाक्टरले आफूले काम गर्ने क्लिनिकमा जान बाध्य पार्ने गरेका छन् ।’ खड्काले भने,‘सरकारीमै पाइने सेवा लिन प्राइभेटमा पठाउनु त व्यापार हो । सरकारी डाक्टरलाई व्यापार गर्ने छुट छैन् ।’प्राइभेट क्लिनिकमा बिरामी पठाउने डाक्टरको सूचना संकलन गरिरहेको भन्दै नगर प्रमुख खड्काले त्यस्ता काम तत्काल बन्द

नगरे सम्बन्धीत निकायमा कार्वाहीका लागी लेखि पठाउने कुरा बताए | यता राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका मे-सु डाक्टर पदमराज अधिकारीले मेयर खडकाले भने जस्तो नभएको कुरा बताए | राप्ती प्रादेशिक अस्पताल बाट हाल दैनिक ४ सय बढीले स्वाश्थ्य सेवा लिई रहेको र आफु हरुले ५० शैयाको जनशक्तीले १ सय ४१ शैयाको सेवा दिई रहेको कुरा उनले बताए

डाक्टर साहब हरुले मेयर साहबले भने जसरी नभई कतै छिटो छरितो सेवा पाईन्छ भन्दै मैले थाहा नपाउने गरी बिरामी भएर आउने नागरिक लाई निजी अस्पताल हरुमा लैजाने गरेको भए म जान्दिन नत्र मैले आज सम्म त्यस्तो देखेको छैन अधिकारीले राप्ती पहिचान संगको कुराकानीमा बताए |

प्रतिक्रिया