आफ्नै बिद्यार्थी हरु बाट टिका ग्रहण गरेर शिक्षक सेवा बाट बिदाई भए प्रधानाध्यापक घर्ती

दाङ :  शान्तिनगर गाउँपालिका ७ स्थित माध्यामिक विद्यालय तुलसीपुरका प्रधानध्यापक गोविन्द बहादुर घर्तीलाई बिदाई गरिएको छ । आइतबार विद्यालयमा एक कार्यक्रमको  आयोजना गरी शिक्षण सेवाबाट अवकाश प्राप्त भएपछि बिदाई  गरिएको हो ।  विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष ईश्वरी बुढाथोकीको अध्यक्षतामा एवं गाउँपालिकाका अध्यक्ष प्रमोद

बस्नेतको प्रमुख आतिथ्यमा  र वडा अध्यक्ष तारा बहादुर वलीको विशिष्ट आतिथ्यमा  बिदाई गरिएको थियो ।  बिदाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बस्नेतले विद्यालयलाई राम्रो बनाउने कुरामा गोविन्द्र सरको लगनशीलता अरु शिक्षकहरूले पनि सिको गर्नु पर्ने बताए ।  उनले जिम्मेवारी पाउनु मात्र ठुलो कुरा नभइ त्यसलाई बहन गर्दै काम गरेर देखाउनु

नै मुख्य कुरा भएको भन्दै गोविन्द सरले यस विद्यालयमा आएका ११ वर्षमा काम गरेर देखाएको भन्दै खुशी व्यक्त गरे ।यस्तै उनले जन्मेपछि एक दिन अवश्य नै मृत्यु हुने भन्दै कुनै पनि ठाउँमा जागिर खाँदा एक दिन अवकाश भएर जानु पर्ने बाध्यता रहेको समेत बताए ।  यस्तै उनले विद्यालयको पर्खाल निर्माणको लागि प्रदेश सरकारबाट २० लाख बजेट परेको भन्दै त्यसलाई

सही ठाउँमा सदुपयोग गर्न समेत आग्रह गरे । उनले विद्यालयमा भवनका आवश्यकता रहेको जानकारी आफूले पाएको भन्दै गाउँपालिकाले त्यसमा सहयोग गर्ने समेत बताए ।  यस्तै उनले विद्यालयको गेटबाट भित्र छिर्दै गर्दा यस पढ्न आउने बालबालिकाहरू आफ्ना छोराछोरी जस्तै सम्झेर गुणस्तरीय शिक्षा दिन समेत विद्यालयलाई आग्रह गरे । उनले भने,‘ अहिले हाम्रो

बुझाई कस्तो रहेको छ । निजी विद्यालयमा पढेका मात्र राम्रा हुने रहेको छ । तर, हामीले हाम्रो विद्यालयमा पढेका विद्यार्थीहरूलाई राम्रो बनाउनु पर्छ, भन्ने सोचाइ अनुसार नै पढाउनु पर्छ  । 

यस्तै कार्यक्रमका विशिष्ट अतिथि शान्तिनगर ७  का वडाध्यक्ष  तारा बहादुर वलीले गोविन्द्र सरले आफ्नो जिम्मेवारी सफलतापूर्वक निवार्ह  गरेर आज अवकाश भएर जान लागेको र उहाँले धेरै प्रशंसनीय काम गरेको बताए । यस्तै उनले अबका दिनमा विद्यालयका प्रशासनको जिम्मा जसले लिएको छ । उसले पनि यसैगरी विद्यालयलाई राम्रो बनाउन ध्यान दिन आग्रह गरे

।  उनले भने,‘ विद्यालय राम्रो बनाउनका लागि एक जनाले मात्र सम्भव हुँदैन । त्यसैले यस विद्यालयका सबै शिक्षकहरूले हातमा  हात राखेर सहयोग गरेपछि मात्र सम्भव हुन्छ । यस विद्यालयका सबै परिवारहरू लागेर अझ नमुना विद्यालय बनाउन ध्यान दिनुहोस् । ’यस्तै उनले विद्यालयको शिक्षा गुणस्तरीय बनाउनको लागि यहाँका जनप्रतिनिधिहरू पनि साथ मै रहेको समेत बताए । 

कार्यक्रममा बोल्दै बिदाई भएर जाँदै गरेका घर्तीले आफूलाई  दिएको जिम्मेवारी इमान्दारिता पूर्वक पुरा गर्दै अझै विद्यालयमा पढाउने रहर भएयता पनि आज उमेरहदका कारण अवकाशमा गएको बताए । २०७० सालमा विद्यालयमा आएको उनले २०७२ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी पाएका थिए ।  यस्तै उनले आफूले र यस विद्यालय परिवारको साथ सहयोगबाट

विद्यालयलाई यहाँ सम्म ल्याएको भन्दै  यस विद्यालयको विकासको लागि आफू निरन्तर साथमा रहेको समेत बताए । उनले विद्यालयलाई नैतिक, भौतिक र आर्थिक रुपमा सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । यस्तै उनले आजको दिनदेखि ६० वर्षमा प्रवेश गरेको र आजैदेखि विद्यालयबाट बिदाई भएको समेत बताए  । उनले  आजको यस कार्यक्रमको अवसरमा

विद्यालयमा चालु शैक्षिक सत्रमा नयाँ आएको ६३ जना विद्यार्थीहरूलाई विद्यालय पोशाक मसेत दिएका थिए ।उनले अझै विद्यालयमा ४ कोठाको भवन, खेलमैदान, जीर्ण शौचालय , पर्खाल बनाउन लगायत अतिआश्वक काम रहेको समेत बताए ।  यस्तै उनले विद्यालयका निमित्त प्रधानध्यापकलाई  विद्यालयको शैक्षिक उन्नती र प्रगितमा ध्यान दिन समेत आग्रह गरेका थिए । 

२०२१ साल भदौँ ३० गते तत्काली फुलबारी गाविस १ दमारगाउँ दाङमा घर्तीको जन्म भएको थियो । उनी कक्षा ३ सम्म गाउँकै अम्बिकेश्वरी मावि फुलबारीमा पढेका थिए । त्यसपछि सोहि ठाउँमा रहेको रनियापुर विद्यालयमा कक्षा ७ सम्म पढे भने,  कक्षा ८देखि १० सम्म मावि उरहरी दाङमा पढेका थिए ।  उनी फुलबारी गाविसबाट तत्काली धनौरी गाविसको हाल बसोबास गर्दै

शान्तिनगर गाउँपालिका ७ कुमलगडीमा २०४८ सालमा बसाइ सरी आएका थिए  ।   उनले  एसएलसी पास गर्ने वित्तिकै २०ंं४२ साउन महिनादेखि  प्राविमा अध्यापन पेशामा लागेका थिए  । उनले  मासिक ५ सय तलबले जाजरकोटबाट  शिक्षण पेशा शुरु गरेका थिए ।  जाजरकोटमा २ बर्षसम्म बसेपछि  २०४४ सालमा जाजरकोटबाट मलइखोला सरुवा भएर आए । त्यहाँ ६ महिना

बसेर त्यहाँको दरबन्दी काटेर हालको बबई गाउँपालिका ७ चरकमटियामा रहेको विद्यालयमा सरुवा भयो । उनले झण्डै ९ बर्ष २०५२ सालसम्म सोहि विद्यालयमा पढाए,  भने २०४८ सालमा स्थायी शिक्षक भए  । २०५२ सालमा त्यहाँबाट सरुवा भएर प्रावि खैरेनी हाल शान्तिनगर ७ दाङमा आए  । त्यस विद्यालयमा पनि करिब ९ महिना बसेपछि फेरि सुनडबरी सरुवा भयो । २०५३

सालदेखि २०७० सालसम्म सहायक प्रधानध्यापक भएर आधारभुत विद्यालय सुनवडरीमा  पढाए  । २०७० सालमा फेरि सरुवा भएर हाल तुलसीपुर ७ रहेको माध्यामिक विद्यालय तुलसीपुरमा आएका थिए, भने उनले २०७२ सालदेखि प्रधानाध्यापकको जिम्मा पाएका थिए ।

प्रतिक्रिया