पहिरो पिडित हरुले छिटो राहत पाउँछन-बस्नेत

दाङ ३० भदौ २०८१, यो वर्षको मनसुनी वर्षाको अन्त्यतिर परेको अविरल वर्षाले दाङ जिल्लाका बिभिन्न पालिकाका बिभिन्न गाउँबस्ती हरुमा ठुलो क्षती पुर्याएको छ | यस्तै क्षती व्यहोरेको पालिका हो दाङको शान्तिनगर गाउँपालिका | शान्तिनगर गाउँपालिकाको सबै जसो वडा हरुमा भदौ २७ र २८ भएको अविरल वर्षाले सानो ठुलो क्षती पुर्याएको कुरा गाउँपालिकाका

क्षतीको मुल्यांकन गर्दै गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत्

अध्यक्ष प्रमोद बस्नेतले राप्ती पहिचान लाई बताए | हाम्रो गाउँपालिका को वडा नम्बर १ र ३ नम्बर वडामा अली बढी क्षती भएको छ बस्नेत ले भने | म आज वडा वडामा पुगेर क्षतीको मुल्यांकन र निरीक्षण गरी रहेको छु | के कती क्षती भएको छ भन्ने बिषयमा निर्क्यौल हुन्छ त्यस पछी तत्काल राहत सहयोगको काम अघी बढ्छ बस्नेत ले अगाडी भने |अविरल वर्षाका कारण शान्तिनगर

अविरल वर्षातका कारण पहिरो र रुखले च्यापिदा शान्तिनगर ३ केराघारी स्थित झग बहादुर वि क को क्षतीग्रस्त घर |

गाउँपालिकाको वडा नम्बर ३ को केराघारी भन्ने ठाउँमा झग बहादुर बि क को घर पहिरोले क्षतीग्रस्त बनाएको छ | घर माथी बाट आएको पहिरो र पहिरो संगै ढलेका ठुला रुख हरुले घर च्याप्दा बि क को घर क्षती भएको हो | घर ढलेर भत्किदा र वर्षातको पानी घर भित्र पस्दा घरमा रहेको किराना पसलको ३ लाख बराबरको सामान लत्ता कपडा समेत पुरिएको

छ भने ७ लाख खर्च गरेर बनाएको जस्तापाताले छाएको दुई तले घर क्षतीग्रस्त भएको छ | हामी हरु त्यो रात बुवा आमाले बोलाए पछी माथी टाँरी भन्ने ठाउँमा गएका थियौं,त्यही राती १ बजेको समयमा घर माथी बाट आएको पहिरो र पहिरो संगै आएका रुखले च्याप्दा घर भत्किए पनी हामी हरु बाँच्न सफल भयौं बि क ले राप्ती पहिचान संगको कुराकानीमा बताए | यस्तै

पहिरो संगै ढलेका रुख हरुले च्यापेको झग बहादुर बि क को घर |

शान्तिनगर गाउँपालिकाको वडा नम्बर १ मा पनी सो ही अविरल वर्षाका कारण आएको पहिरोले दुर्गा बहादुर घर्तीको घर भत्केर पूर्ण रुपमा क्षतीग्रस्त भएको छ भने पालिका भित्रका ग्रामिण सडक हरु अवरुद्द भएका छन | गाउँपालिकाको १ नम्बर वडाको पेदीखोला पुल बाढीले बगाउँदा उक्त वडाको पहाडी भू-भागमा सवारी आवागमन ठप्प भएको छ | यसै बिषयमा हाम्रा

समाचारदाताले शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत लाई फोन गरेर भत्किएका पुल कहिले बन्छन?बिग्रीएका ग्रामिण सडक हरु कहिले मर्मत हुन्छन र वर्षातका कारण क्षती व्यहोरेका गाउँपालिकाका नागरिकले कहिले र के कस्तो राहत पाउछन भनी प्रश्न गर्दा यो देशको संबिधान,कानुन र सबै खाले ब्यबश्था यही देशका नागरिकका लागी भनेर बनाईएका र बनेका

हुन | म गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएर आउने ब्यब्श्था समेत यही देशका नागरिक लाई सेवा सुविधा सहज रुपमा उपलब्ध गराउनका लागी ब्यबश्था गरिएको हो त्यसैले नागरिक भन्दा माथी कोही नभएकाले वर्षातका कारण बाढी पहिरो बाट क्षती व्यहोरेका नागरिक हरुलाई राहत लगायत अन्य सुविधा पुर्याउनु मेरो पहिलो कर्तब्य हो त्यसैले हामीले जती सक्दो

चाँडो हाम्रा नागरिकलाई सेवा सुविधा उपलब्ध गराउछौँ भन्ने जवाफ फर्काए।अनी पुलेसा बाटाघाटा अवरुद्द भएर नागरिकले सास्ती भोगी रहेका छन नी? ती कहिले बन्छन भन्ने हाम्रो अर्को प्रश्नमा ती अवरुद्द भएका ग्रामिण सडक हरु आजै देखी मर्मत गर्ने कार्य सुरु हुन्छ उनले जवाफ फर्काउदै भने ।

प्रतिक्रिया