दाङ, २७ जेठ २०८१ । दाङमा अत्यधिक रक्तश्रावका कारण एक जना सुत्केरीको मृत्यु भएको छ । शनिबार करिब ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका १ भमके निवासी २७ वर्षिय सर्मिला विकको उपचारका क्रममा मृत्यु भएको राप्ती स्वास्थ्य

विज्ञान प्रतिष्ठानले जनाएको छ । अस्पतालका अनुसार सर्मिलाको बच्चा जन्मेको आधा घण्टासम्म पनि साल नझरेपछि एमआरपी विधि (हातको प्रयोग गरी) बाट साल झारिएको थियो । साल झरेपछि रक्तश्राव शुरु भएको थियो । सर्मिलाको तुलसीपुर १

पवननगर स्वास्थ्य चौकीमा सुत्केरी भएको थियो । शर्मिलाको रक्तश्राव अत्यधिक हुन थालेपछि स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रिफर गरिएको थियो । सर्मिलालाई प्रादेशिक अस्पताल
पुर्याउदासम्म ६ सय एमएल भन्दा बढी रगत बगीसकेको अस्पतालले बताएको छ । सर्मिलाको अवस्था गम्भीर भएपछि उनलाई आईसियूको आवश्यकता भएकोले प्रादेशिक अस्पतालमा आइसियु नभएको र उनको रक्तश्राव नरोकिएपछि थप उपचारका
लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रिफर गरिएको थियो । उनलाई प्रतिष्ठानमा उपचारका लागि पुर्याइए लगतै मृत घोषणा गरिएको पारिवारीक स्रोतले बताएको छ । शर्मिलाले दोस्रो पटक शिशुलाई जन्म दिएकी थिइन् । यसअघि सर्मिलाको ३ वर्षिय छोरी छ । दोस्रो पटकमा सर्मिलाले छोरालाई जन्मदिएकी हुन् । छोराको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ |
