तुलसीपुर, २५ जेठ २०८१ । दाङको तुलसीपुरमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । तुलसीपुर–६ सुकौरा रोड स्थित ३६ वर्षीय सालिकराम बुढाथोकीले आफ्नै श्रीमती २७ वर्षीय टिका बुढाथोकीलाई आज बिहान सँवा ८ बजेको समयमा

खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकास थापाले जानकारी दिनुभयो ।नेपाली सेनाको ज्वाला दलगण बारामा अमलदार तहमा कार्यरत बुढाथोकीले शान्तिसेना बाट आउदा श्रीमती अर्कैसँग

लागेको थाहा पाएपछि खुकुरी प्रहार गरी हत्या गरेको हुनसक्ने अनुमान गरिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । प्रहरीका अनुसार श्रीमानको खुकुरी प्रहारबाट गम्भिर घाइते भएकी टिकाको उपचारकै क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा अहिले सँवा ९ बजेको समयमा मृत्यु भएको हो । श्रीमतीको हत्या गर्ने श्रीमानलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।
