मोटरसाईकल दुर्घटनामा गम्भीर घाईते दुई युवकको उपचारको क्रममा मृत्यु

दाङ, १८ जेठ २०८१ ।

दाङमा अटोरिक्सा र मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुर प्रसाद पोख्रेलका अनुसार मोटरसाईकल चालक बबई गाउँपालिका ४ निवासी ३० बर्षीय राजेश भण्डारी र

मोटरसाईकलको पछाडी बसेका अर्का ब्यक्ती सो ही ठाउँका ३१ बर्षीय साकार केसीको मृत्यु भएको हो ।विहीबार दिउसो ४ बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरुको नेपालगञ्जमा उपचारको क्रममा विहीबार राति ९ बजेतिर मृत्यु भएको हो ।

दाङ तुलसीपुर २ कुमलगडीबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र बिपरित दिशाबाट जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाईकल एक आपसमा ठोक्किएका हुन् ।उक्त दुर्घटनामा परि अटो चालक दाङ शान्तिनगर ७ खैरेनीका ४३ बर्षीय रुद्र बहादुर थापा घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया