
तुलसीपुर, १५ जेठ २०८१। टरीगाउँ विमानस्थल विस्तारका लागी संघीय सरकारले बजेट विनियोजन गरेको छ । तुलसीपुर उपमहानगरपालिकाको पहलमा बजेट विनियोजन गरिएको हो । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले टरीगाउँ विमानस्थल विस्तारका लागी आवश्यक बजेट विनियोजन गरेको बताउनुभयो । विमानस्थल विस्तारका लागी तुलसीपुर
उपमहानगरपालिकाले उपप्रमुख स्यानी चौधरीको संयोजकत्वमा समिति नै बनाएको थियो । विमानस्थल विस्तारका लागि उपमहानगरले कपास विकास समितिको जग्गा नागरिक उड्यन प्राधिकरणका नाममा नामसारी गर्ने प्रक्रिया समेत अघि बढाइसकेको छ ।हामीले नितीगत रूपमै पहल गरेपछि सरकारले टरीगाउँ विमानस्थल विस्तारका लागी बजेट विनियोजन गरेको
छ । तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्काले राप्ती पहिचान लाई बताए | अब विमानस्थल विस्तार हुन्छ र निकट भविष्यमै नियमित उडान हुनेछ ।आफुले बिमानस्थल गर्नका लागी उपमहानगरको तर्फ बाट नितीगत रुपमै अथक प्रयासपछि विमानस्थल विस्तारका लागि बजेट परेको तुलसीपुर उपमहानगरको उपप्रमुख स्यानी चौधरीले हामी लाई बताईं। यसैबीच
तुलसीपुर उपमहानगरपालिकाले विमानस्थल विस्तारका लागि बजेट विनियोजन गरेकोमा अर्थमन्त्री पुनलाई धन्यवाद समेत ज्ञापन गरेको छ । नगर प्रमुख खड्काले आज वक्तव्य जारी गर्दै विमानस्थल विस्तारको अभियानमा साथ दिने उद्योग बाणीज्य संघ, चेम्बर अफ कमर्स र नागरिक समाजप्रति आभार व्यक्त गर्नुभएको छ |