
दाङ, १३ जेठ । शहीद कृष्णसेन इच्छुकको स्मृतिमा दाङको शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा कार्यक्रम आयोजना गरिएको छ । परिवर्तनका एक अथक योद्धा साहित्यकार तथा पत्रकार इच्छुकको २२ औँ स्मृति दिवसमा नेपाल राष्टृय कर्मचारी संगठनले शहीक कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय एकाइ कमिटीले कार्यक्रमको आयोजना गरेको हो ।