आज पश्चिम दाङका यी स्थान हरुमा बिद्युत अवरुद्द हुने

तुलसीपुर, १३ जेठ २०८१ ।
तुलसीपुरसहित पश्चिम दाङमा तीन दिनसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ । आइतबारदेखि तुलसीपुरसहित पश्चिम दाङ र सल्यानको कपुरकोट क्षेत्रमा तीन दिनसम्म विद्युत अवरुद्ध हुने भएको छ ।नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका अनुसार ५ वटा सबस्टेशनबाट सञ्चालित १० वटा फिडर अन्तर्गतका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने

भएको हो ।विद्युतको तार नजिक रहेका रुख तथा हाँगाबिगा काट्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने वितरण केन्द्र प्रमुख शिवनारायण गोसलीले जानकारी दिनुभयो ।उहाँका अनुसार अश्वारा सबस्टेशनबाट वितरित फिडर अन्तर्गत भमके, अश्वारा, बालापुर फिडर अन्तर्गत बालापुर र सलौरा, सुकौरा फिडर अन्तर्गत सुकौरा, दोघरे, दुधेना, हापुरे सबस्टेशनको पुरन्धारा फिडर

अन्तर्गत हापुरे, हंसपुर, जौबारी, बगाले, कालीमाटी लगाएतका क्षेत्रहरुमा विद्युत अवरुद्ध हुने भएको छ ।यस्तै बाघमारे फिडर अन्तर्गत खिलतपुर, गुनडले, पेदा, बाघमारे, जुम्लेकुला, भलानेटी, बगरखोला, चिराघाट, पञ्चकुले फिडर अन्तर्गत पञ्चकुले, कट्कुईया, मलै, रगैँचालगायतका क्षेत्रमा पनि विद्युत अवरुद्ध हुने प्रमुख गोसलीले बताउनुभयो ।यस्तै तुलसीपुर सबस्टेशनको

कपुरकोट फिडर अन्तर्गत रानागाँउ, राम्री, कृष्ण मन्दिर फिडर अन्तर्गत सल्यानरोड, घोराहीरोड, बसपार्क, कृष्णमन्दिर, मानपुर–बिजौरी फिडर अन्तर्गत बिजौरी, मानपुर र मलवार, हापुरे १३२र१३३ केभि सबस्टेशनको हापुरे, अश्वारा ३३ केभि लाईन अन्तर्गत तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर, दंगीशरण र बबई गाँउपालिकाका सम्पूर्ण क्षेत्रहरुमा विद्युत अवरुद्ध हुने

भएको हो ।प्रमुख गोसलीका अनुसार सबै ठाउँमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म जेठ १३ गतेदेखि १५ गतेसम्म लगातार तीन दिनसम्म विद्युत अवरुद्ध हुने भएको छ । यस्तै सोही समयमा सोही स्थानहरुमा जेठ २६ गते पनि विद्युत अवरुद्ध हुने प्रमुख गोशलीले बताउनुभयो ।

प्रतिक्रिया