
तुलसीपुर, ५ चैत २०८० । पश्चिम दाङमा जिप दुर्घटना हुदा ५ जना घाइते भएका छन । घाइते हुनेमा बबइ गाउँपालिका १ निवासी १७ वर्षिया तारा राना, सोही ठाउँकि ४० वर्षिया बन्दना बुढा, ५० वर्षिय लोक बहादुर राना, ३२ वर्षिया बुढा र सल्यानको

शारदा नगरपालिका ९ निवासी ८५ वर्षिय नन्दकलि थापा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।प्रहरीका अनुसार बबई गाउँपालिका १ गंगटे देखि तुलसीपुर आउदै गरेको लु १ ज १४२७ नम्बरको

जिप भागाबारी नजिकै आज बिहान दुर्घटना भएको हो । उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।।