म युवा हरुले गर्ने हरेक रचनात्मक काममा संधै संग संगै छु-बस्नेत

दाङ, ३ चैत्र २०८० । रगत मानव जीवनको लागि अत्याबश्यक छ । रगत अभाव हुन नदिन युवा युवती हरु  दाङमा स्व–इच्छाले रगत दान गरिरहेका छन् । रगत अभावका कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प  भनेकै रक्तदान हो । नेपालमा २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ । बाढी, पहिरो र भूकम्पको समस्या तथा अनिच्छित

रक्तदान कार्यक्रममा रक्तदान गर्दै शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत |

गर्भधारण, गर्भपतन लगायतका कारणले रगतको माग आकाशिएको छ । ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । यही समस्यालाई समाधान गर्न  एच.आर.मिडिया हाउस प्रा.लि तुलसीपुर दाङको आयोजना र  ग्लोबल ओरिन्श नेपाल तुलसीपुर बिक्री केन्द्रको सहकार्यमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको 

एच.आर.मिडिया हाउस प्रा.लि तुलसीपुरका प्रबन्धक तथा रक्तदाता एच.आर मगरले बताएका छन्। हाम्रो समाजमा अझै रक्तदानको ज्ञान बारेमा पर्याप्त जानकारी छैन मगरले भने। यस्तै खुल्ला रक्तदान कार्यक्रममा प्रमुख अतिथि तथा शान्तिनगर गाउँपालिकाका अध्यक्ष्य प्रमोद बस्नेतले आफु युवा भएकाले पनी आफु युवा संगै रहेको र सचेत युवा हरुले समाज

रक्तदान कार्यक्रम लाई सम्बोधन गर्दै युवा ब्यबशायी तथा युथ अफ तुलसीपुर का अध्यक्ष अरुण लहरे

लाई योगदान पुर्याउन गर्ने हरेक काममा संधै संग संगै रहने र नागरिक हरुको बिचार,सल्लाह सुझाव लाई संधै सुनुवाई तथा सम्मान गर्दै आई रहेको कुरा बताए | एच आर मिडिया हाउस प्रा लि ले तुलसीपुरमा आयोजना गरेको रक्तदान कार्यक्रम लाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन | जीवनको सर्वोत्तम कार्य रक्तदान ले जीवन बचाउन मदत गर्ने भएकाले यो

सर्वोत्तम कार्यका लागी सहयोग गर्न शान्तिनगर गाउँपालिका र आफु सदैव तयार रहेको कुरा बताए | सर्वोत्तम पुण्य काम प्राप्त गर्नका लागी मानवले मानवको जीवन बचाउन सक्नु पर्छ उनले अगाडी भने। उनले रगत व्यवस्थापनका लागी गाउँपालिका बाट रु १ लाख रुपियाँ बजेट विनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरे । यस्तै रक्तदान कार्यक्रमका विशिष्ट अतिथी युथ अफ

तुलसीपुरका अध्यक्ष अरुण लहरेले ब्लड बैंक हरुमा रगत अभाव हुन नदिन  युवा साथीहरुले गरेको कार्य प्रशंनीय भएको कुरा बताए । रगत अभावमा कसैले पनी मृत्युवरण गर्न नपरोस यस कामका लागी हामी सचेत युवा हरुले आवश्यकता अनुसार समय समयमा रक्तदाता ज्यु हरुको सहयोगमा रगत संकलन गर्न जरुरी छ उनले अगाडी भने। अन्यत्र जे जस्तो भए पनी हाम्रो क्षेत्रमा

रगत अभाव हुन नदिन हामी सचेत युवा हरु सजग र सक्रिय हुनै पर्छ लहरेले राप्ती पहिचान डटकम संग भने । रगतको अभाव ले विभिन्न प्रकोप,धेरै गर्भवती तथा सुत्केरी हरुको अकालमा मृत्यु भएको खबर सुनेको हुनाले आफूलाई रगत दान गर्न इच्छा भएको ग्लोबल ओरेनसका अस्मिता चौधरीले बताउनु भयो | खुल्ला रक्तदानमा ४६ जनाले रगत दान गरेका थिए । १३ जना

महिला र ३३ जना पुरुष रहेका थिए । रगत दान गर्नेमा शान्तिनगर गाउँपालिकाका अध्यक्ष्य प्रमोद बस्नेत, युवा व्यवसायी अरुण लहरे, दीपक जंग क्षेत्री लगायतका रहेक्सा छन। रक्तदान कार्यक्रमको स्वागत मन्मतव्य ग्लोबल ओरेन्स का मनोज चौधरी ले गरेका थिए भने सहजीकरण शान्तराज  सेन्चुरीले गरेका थिए ।

प्रतिक्रिया