तुलसीपुर २ चैत्र २०८०, दाङको तुलसीपुर बाट संचालनमा रहेको www.raptipahichan.com नामक अनलाईन संचारगृहले उपचार सहयोगको अपिल गरेको छ | संचारगृहका प्रकाशक तथा कार्यकारी सम्पादक एग्गे बहादुर बुढा मगर को श्रीमती तथा संचारगृहका सामाजिक कार्य सेवा शाखा प्रमुख नन्दकला बुढा मगर को उपचार खर्च जुटाउन सहयोगको अपिल गरिएको हो |
नन्दकला बुढा मगर लामो समय देखी क्यान्सर रोग बाट थलिएकी छिन | चितवनको भरतपुर स्थित वि पी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा हाल उनको उपचार भई रहेको छ | झन्डै दुई वर्ष अघी बुढा लाई पाठे घरको मुखको क्यान्सर देखिए पछी उनको नियमित उपचार भई रहेको छ | बुढाको आर्थिक अवश्था कम्जोर भएको हुँदा संचारगृहले सहयोगको अपिल गरेको
हो | मेरो श्रीमती तथा यस संचारगृहका सामाजिक कार्य शाखा प्रमुख नन्दकला बुढा मगर क्यान्सर रोग बाट लामो समय देखी थलिएकिले उपचार खर्च जोहो गर्न देश बिदेशमा रहनु हुने सम्पूर्ण दानबिर दाता हरु संग सहयोगको अपिल गर्दछु बुढाले
समाचार डेस्क संग कुरा गर्दै भने | सहयोग गर्न ईच्छुक दानबिर दाता हरुले यस संचारगृहको नाममा रहेको रास्ट्रीय बानिन्ज्य बैंक तुलसीपुर शाखा को खाता नम्बर ४१६० १००२००३७३००१ मा रकम सहयोग गर्न सक्ने कुरा पनी बुढाले अपिल गरेका छन् | यस अघी यस संचारगृहले सरकारी कार्यालय बाट बिज्ञापन नलिने निर्णय गरेको भए पनी बुढाको उपचार खर्च जोहो गर्न पुन: सरकारी कार्यालय हरु लाई पनी बिज्ञापन दिन खुल्ला गरिएको कुरा बुढा ले जानकारी गराए|