मनग्य हिउँदे वर्षा भए पछी पहाडी भेगका किसान खुशी

तुलसीपुर, २१ फागुन । दुई दिन देखी परेको वर्षाले हिउँदे बालीलाई राहत भएको भन्दै दाङका पहाडी भू-भागका किसानहरु खुशी भएका छन् । लामो समय सम्म  वर्षा नभएपछि किसानहरु चिन्तित थिए । शनिबार र आइतबार दुई दिनदेखि छिटफुट रुपमा पानी परेपनी आज सोमबार बिहान भएको भारी वर्षाले हिउँदे बालीलाई राहत पुगेको किसानहरुको भनाई छ । दाङ

जिल्लाका पहाडी भू-भागमा सिचाईको ब्यबश्था छैन आकासे पानी परे पछी मात्रै त्यहाँ अन्नबाली उत्पादन हुने गर्छ | फागुन महिनाको अन्त्य सम्म पनी हिउँदे वर्षा नहुँदा चिन्तित भएका थियौं आज बिहानी पख भएको वर्षाले हामी हरुलाई ठुलै राहत पुर्याएको छ तुलसीपुर ३ गैरानाउलाका सुरेन्द्र बुढा मगरले राप्ती पहिचान संग कुरा गर्दै भने | यहाँ सिचाई छैन आकास बाट

हिउँदे वर्षा नहुँदा सुक्न थालेको गहुँ खेतीको फोटो ,तुलसीपुर ३ बल्ले

पानी आएन भने त् भोकमरी नै पर्ने सम्भावना हुन्छ अलिकती समय बिताएर भए पनी पानी पर्यो हामीले गरेको खेतीको ६० प्रतिशत उत्पादन बच्यो,वर्षा नभएको भए बिउ पनी उठ्ने थिएन एक अर्का किसान खिलक बहादुर सोमैले हामी संग बताए |यस वर्ष हिउँदे बर्षा हुन नसके पनि फागुनको अन्त्यतिर भएपनि वर्षा भएको र यो वर्षाले हिउँदे बाली, पछि छरेका तोरी, तरकारीलाई

राहत पुगेको कृषि ज्ञान केन्द्र दाङका सुचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो । यसैविच दाङमा आज बिहान १३ दशमलव ५ मिलिमिटर वर्षा भएको मौसम फिल्ड कार्यालय दाङले जनाएको छ ।।

प्रतिक्रिया