
दाङ, १२ फागुन २०८० । दाङ तुलसीपुर स्थित ज्ञानज्योति स्कुलमा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुले आफुले बनाएका विभिन्न परिकार अभिभावक तथा शिक्षकलाई खुवाएका छन । विद्यार्थीले पढ्दै आफुले सिकेका सिपलाई व्यवहारिक रुपमा प्रयोग गर्ने अवसर मिलेको हो । आईएसटी कलेज काठ्माण्डौको सहकार्यमा ज्ञानज्योति स्कुलले शनिबार आयोजना गरेको

‘फुड फेस्टिवल’ मा होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीले आफुले बनाउन जानेका विभिन्न परिकार बनाएका थिए ।ज्ञान ज्योति स्कुल तुलसीपुर र इन्टरनेसनल स्कूल अफ टुरिजम होटल म्यानेजमेन्ट आईएसटी कलेज काठमाडौँको सहकार्यमा ७ दिने तालिमकाे आयोजना गरिएको हो । कलेजका सिइओ सुरेन्द्र जिसीको अध्यक्षता तथा आईएसटी कलेज प्रमुख सम्झना बस्नेतको
प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि बस्नेतले होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई रोजगारीका अवसर प्रशस्त रहेकोले लगनशिल हुनुपर्ने बताएका हुन । विद्यालयका भाईस प्रिन्सिपल मनोज कुमार केसीले तत्काल रोजगारीको सम्भाव्यता भएको होटल क्षेत्र नै भएको बताएका हुन ।कलेजका होटल म्यानेजमेन्टका प्रमुख संयोजक
बसन्त रावतले ज्ञानज्योति स्कुलले विगत १५ वर्षअघिदेखि होटल म्यानेजमेन्ट पढाउन शुरु गरेको बताएका हुन । कार्यक्रममा विद्यार्थी पिपला सुवेदी, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी लगायतले बोलेका थिए भने कार्यक्रममा धन्यवाद ज्ञापन विद्यालयका भाइस प्रीन्सीपल मनाेज के सी र कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष केसीले गरेका थिए ।