
तुलसीपुर १२ फागुन २०८०, वडा अध्यक्षको जिम्मेवारीमा रहेका बेला विद्यालयको भौतिक आर्थिक र शैक्षिक काममा बिद्यालय पुर्र्याएको योगदानको कदर गर्दै एक वडा अध्यक्ष लाई एक बिद्यालयले सम्मान गरेको छ | सम्मानित हुनेमा तुलसीपुर
उपमहानगरपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष बालकृष्ण राना [ धुर्ब ] रहेका छन् | २०७४ सालमा नेकपा एमाले बाट राना तुलसीपुर ४ को वडा अध्यक्ष निर्वाचित भएर आए पछी त्यस बिद्यालयमा उनले पुर्र्याएको योगदान स्वरूप उनलाई तुलसीपुर ४ मा रहेको श्री गुरु जजुर नमुना माध्यामिक बिद्यालय ले विद्यालयको ६९औं वार्षिक उत्सवको अवसरमा आयोजित
कार्यक्रममा सम्मान गरेको हो | लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र प्रदेश योजना आयोगका उपाध्यक्ष डा’ नहकुल के सी ले सम्मान पत्र र दोसल्ला ओढाएर राना लाई सम्मान गरेका थिए | भु पु वडा अध्यक्ष ज्यु ले आफ्नो कार्यकालमा यस बिद्यालयको उन्नती प्रगतीका निम्ती आर्थिक भौतिक लगायत यो बिद्यालय लाई तत समयमा खड्केका समस्या हरुलाई मन
वचन र कर्मले सहयोग पुर्र्याउनु भएको हो त्यसैले हाम्रो विद्यालयले वहाँ लाई सम्मान गरेको हो एक अभिभावक ले राप्ती पहिचान संगको कुराकानीमा बताए | यसै बिषयमा हामीले बालकृष्ण राना लाई फोन गरेर तपाईले आफ्नो कार्यकालमा त्यो बिद्यालयमा त्यस्तो के गर्नु भा थ्यो र हाल आएर त्यो विद्यालयले तपाई लाई सम्मान गर्यो भनेर सोधनी गर्दा मैले त्यस्तो छुट्टै केही
पनी दिएको हैन, गरेको पनी हैन,तत समयमा म आफुले परिचालन गर्न पाउने नागरिकको ढुकुटी म संग थियो र नागरिकले जुन जुन ठाउँमा जे जे कुराको उचित माग गर्नु भयो त्यो माग लाई मैले सके सम्म सम्बोधन गर्ने कोशिस मात्रै गरेको हुँ त्यही कोशिस गरेको फलस्वरूप आज मलाई नागरिकको तर्फ बाट त्यस विद्यालयले सम्मान गर्यो म खुशी छु र बिद्यालय परिवार लाई धन्यवाद भन्न चाहन्छु रानाले राप्ती पहिचान लाई जवाफ फर्काए |