कार्य-सम्पादनमा जिल्ला प्रथम बन्यो पश्चिम दाङको शान्तिनगर गाउँपालिका

तुलसीपुर, १० फागुन २०८० । दाङका १० पालिका मध्ये शान्तिनगर गाउँपालिका कार्यसम्पादनमा पहिलो भएको छ ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन २०८० अनुसार ३८.६९ अंक ल्याएर शान्तिनगर जिल्लाको पहिलो भएको हो । त्यस्तै ३०.९० अंक ल्याएर घोराही उपमहानगरपालिका दोस्रो, ३०.२८ अंक ल्याएर राप्ती गाउँपालिका तेस्रो भएका छन् ।त्यस्तै

दाङ शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत

२९.९४ अंक ल्याएर दंगीशरण गाउँपालिका चौथो, २९.५३ अंक ल्याएर गढवा गाउँपालिका पाँचौं, २७.४७ अंक ल्याएर बबई गाउँपालिका छैठौं भएका छन् ।त्यस्तै २४.३९ अंक ल्याएर तुलसीपुर उपमहानगरपालिका सातौं, २३.२९ अंक ल्याएर बंगलाचुली गाउँपालिका आठौं, २३ अंक ल्याएर राजपुर गाउँपालिका नवौं तथा १८.४२ अंक ल्याएर लमही नगरपालिका दशौं स्थानमा रहेका

छन् ।बिभिन्न १७ वटा सूचकमा आधारित भएर दाङका १० वटा पालिकाले आ व २०७९/०८० मा गरेका कामकाजको मूल्यांकन गर्दा धेरैजसो स्थानीय तहरु ३० अंक ल्याउन समेत असफल भएका बेला पश्चिम दाङमा अवश्थित शान्तिनगर गाउँपालिका जिल्ला प्रथम हुन् सफल भएको छ | यसै बिषयमा शान्तिनगर गाउँपालिका का अध्यक्ष प्रमोद बस्नेत लाई फोन गरेर प्राकृतिक

श्रोत तथा वित्त आयोगको मापक सूचकांक अनुसार तपाईको गाउँपालिका दाङ जिल्ला प्रथम हुन् सफल भए छ तपाई खुशी हुनुहुन्छ होला नी? भनेर सोधनी गर्दा पहिलो कुरा त यो सफलता म एकलैले गर्दा हाम्रो गाउँपालिका लाई प्राप्त भएको होईन,हुन् पनी सक्दैन यसमा गाउँकार्यपालिका र गाउँ सभाका सबै सदस्य ज्यु हरुको महत्वपूर्ण योगदान रहेको छ भने गाउँपालिकामा

कार्यरत सम्पूर्ण कर्मचारी ज्यु हरुको पनी यसमा सह-लगानी रहेको छ भन्ने जवाफ फर्काए | हामीले आफ्नो पालिका भित्रको प्राकृतिक श्रोत र वित्तीय अवश्था लाई मसिनो तरिकाले अध्ययन अनुगमन र अनुसन्धान गरेर संरक्षण गर्ने,उपभोग गर्ने,आर्जन गर्ने र निर्माण गर्ने नीति अवलम्बन गरेका थियौं, त्यही अनुसार कार्य-सम्पादन पनी गरेका थियौं भने त्यसैको फलस्वरूप हाम्रो

शान्तिनगर गाउँपालिका यो परिक्षामा जिल्ला प्रथम हुन् सफल भएको हो बस्नेत ले अगाडी भने | म खुशी हुनु भन्दा यस कामका लागी गाउँ सभाका सम्पूर्ण सदस्य ज्यु हरु, गाउँकार्यपालिकाका सम्पूर्ण सदस्य ज्यु हरु र कर्मचारी ज्यु हरु लाई धन्यवाद दिन चाहन्छु बस्नेत ले राप्ति पहिचान डटकम संगको कुराकानीमा भने |

प्रतिक्रिया