सल्यान ९ फाल्गुन २०८०, सल्यान जिल्लाको बांगेलाखुरी भन्ने स्थानमा टिप्पर र मोटरसाईकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी गम्भीर घाईते भएका एक जनाको थप उपचारका लागी काठमाण्डौ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ | मृत्यु हुनेमा सल्यान जिल्ला बागचौर न पा वडा नम्बर १२ डाँडागाउँ निवासी ४६ वर्षीय बिर बहादुर वली रहेको जिल्ला प्रहरी

कार्यालय सल्यान ले जानकारी गराएको छ | वली सवार रा ४ प १४६७ नम्बरको मोटरसाईकल र ना ७ ख ९७८२ नम्बरको टिप्पर एक अर्का लाई ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको थियो | दुर्घटनामा परी गम्भीर घाईते भएका वलीको सल्यान अस्पतालमा उपचार सम्भव नभए पछी हेलिकप्टर एम्बुलेन्सको ब्यबश्था गरी हेलीमा राखेर काठमाण्डौ लैजाँदै गर्दा बाटैमा मृत्यु
भएको वली का कान्छा बुवा महेश वली ले राप्ती पहिचान लाई बताए | बुधवार बिहान सल्यानको बाँफुखोला देखी दाङको तुलसीपुर आउंदै गरेका वली सवार मोटरसाईकल र टिप्पर सल्यान बांगेलाखुरी भन्ने स्थानमा दुर्घटनामा परेको थियो | हाम्रो भतिजो दुर्घटनामा परेको र सल्यान अस्पतालमा उपचार सम्भव नभएको थाहा पाए लगत्तै हामी हरुले एयर एम्बुलेन्सको खोजी
सुरु गरेका थियौँ तर समयमा एयर एम्बुलेन्स हेली पाईएन | धेरै कोशिस गरे पछी डेड बजे तिर हेली पाईयो र उनलाई लिएर गयो ,लिएर गएको केही समय पछी थाहा भयो की उनको हेलीमै मृत्यु भयो भनेर महेश ले हामी संग भने | समयमा हेली पाईएको भए उनलाई बचाउन सकिने थियो तर समयमा एयर एम्बुलेन्स हेली नपाएकै कारण भतिजाको ज्यान गयो महेश ले अगाडी भने
बिहान ८ बजेको समयमा दुर्घटनामा परी गम्भीर घाईते भएका वली लाई दिउँसो डेड बजेको समयमा एयर एम्बुलेन्स हेलीमा राखेर काठमाडौं लैजाँदै उनको बाटोमै मृत्यु भएको हो | बिर बहादुर वली श्री बाल जागृत आधारभूत बिद्यालय ओख्रेनीमा कार्यरत स्थाई शिक्षक हुन |
