दाङ, ५ फागुन २०८०। पश्चिम दाङमा भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका ४ ठाँटीखोलाका २४ वर्षीय तेजलाल खत्री रहेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख (इन्स्पेक्टर) अजयजंग

थापाले जानकारी दिए । उनका अनुसार गयराती साढे ८ बजेको समयमा शान्तिनगर १ को मल्ले छहरे भन्ने स्थानमा सिकार खेल्न गएको अवस्थामा बन्दुक पड्किएर हात र पेटमा गोली र छर्रा लाग्दा खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।घटनास्थलमा
प्रहरी पुग्दा उनको मृत्यु भइसकेको अवस्थामा फेला परेको र साथमा एउटा बन्दुक फेला परेको प्रहरी निरीक्षक थापाले बताए । उनीसँगै अन्य १०/१२ जना व्यक्तीहरु पनि जंगलमा गएको बुझिएकाले उनीहरुको खोजी भइरहेको छ उनले अगाडी भने। मृतकको शव पोष्टमार्टमका लागी अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखीएको छ ।।
