दाङको बंगलाचुली गा पा मा जनयुद्द दिवसको अवसरमा सार्वजनिक बिदा

दाङ :  बंगलाचुली गाउँपालिकाले मंगलबार  फागुन १ गते सार्वजनिक बिदा दिएको छ।  गाउँपालिकाले सोमबार  एक सार्वजनिक सूचना जारी गर्दै  फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाको बैठकको

निर्णय अनुसार  फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलद्वारा जारी  सूचनामा उल्लेख गरिएको छ ।  गाउँ कार्यपालिकाको बैठकको निर्णय

अनुसार मिति २०८० फागुन  १ गते  जनयुद्ध दिवसका अवसरमा यस  गाउँ कार्यपालिकाको कार्यालय एवं मातहतका सबै सरकारी कार्यालयहरू तथा शिक्षण संस्थाहरूमा समेत १ दिन स्थानीय सार्वजनिक बिदा दिइएको व्यहोरा  सूचना मार्फत जानकारी गराइएको छ । 

प्रतिक्रिया