स्वाश्थ्य क्षेत्रमा भविष्यका रास्ट्रीय कर्णधार-डा,सन्देश लम्साल

तुलसीपुर १६ माघ २०८० ।  दाङको घोराही उपमहानगरपालिका ९ मछाहीमा २०५१ साल भदौ १ गते जन्मिएका डा. सन्देश लम्साल ले २१ वर्षको उमेरमा २०७० सालमा तुलसी उच्च माध्यमिक इङ्लिस स्कूलबाट उच्च माध्यमिक शिक्षा पूरा गरेका थिए। जन्मभुमी दाङबाट शुरु भएको डा. लम्सालको शैक्षिक यात्रा सेप्टेम्बर २०१४ मा एम बि बि एस पाठ्यक्रमका पढाईका लागि रूस

दुर्घटनामा परेका एक घाईतेको जांच गर्दै ड़ा,सन्देश लम्साल

सरकारबाट छात्रवृत्ति पाएर रुसको सेन्टपीटर्सबर्ग राज्यसम्म पुग्न सफल भयो । जहाँ उनले अध्ययन मात्र नगरेर नेपालका प्रतिनिधिको रूपमा समेत सेवा गर्ने मौका प्राप्त गरे। उनले आफ्ना ७ वर्षको रुस बसाईमा तत्कालिन नेपाल सरकारका प्रतीनिधीहरु रूस भ्रमणमा गएको मौका छोपी नेपालबारे छलफल र अन्तरकृया कार्यक्रमहरू समेत गर्ने गर्दथे। विभिन्न

कार्यक्रमको आयोजना गर्दै नेपाली संस्कृति, परम्परा र पर्यटनलाई बढवा दिनका लागि उनले प्रसंशनिय भुमिका समेत खेल्ने गरेका लम्साल लाई नेपालका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, सुचना तथा संचारमन्त्री रेखा शर्मा, राष्ट्रीयसभाकी पूर्व अध्यक्ष ओनसरी घर्तिमगर, प्रतिनिधिसभाका पूर्व सदस्य कोमल वली र पूर्व परराष्ट्रमन्त्री रामशरण महतले पनि उनको आफ्नो

बिरामी को एक्सरे को जांच गर्दै डाक्टर सन्देश लम्साल

देश नेपाल प्रतिको समर्पणको खुल्ला हृदयले प्रशंसा पनि गरी सकेका छन।पढाईका साथसाथै उनको खेलकुद प्रति पनि रुची रहेको पाइन्छ । जसको फलस्वरुप, उनले सन् २०१४ मा विश्व तेकवान्डो (कुक्किवन), कोरियाबाट  1 डन ब्ल्याक बेल्ट र २०१८ मा  2 डन ब्ल्याक बेल्ट समेत प्राप्त गरेका छन। डा. लम्सालले पछिल्लो समय विभिन्न सोशल मिडिया प्लेटफर्महरूमा आफ्ना

रचनाहरु सम्प्रेशन गर्दै आकर्षक सामग्रीहरु प्रस्तुत गर्दै आई रहेका छन। उनका सामग्रीले विभिन्न सोशल मिडिया प्लेटफर्महरूमा ठुला मात्रामा अनुयायीहरुलाई आकर्षित गरेका छन् । उनले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न सामाजिक मुद्दाहरू जस्तैः भेदभाव, लैंगिक असमानता, अन्याय, असहिष्णुता आदिको बारेमा सक्रिय रूपमा आवाज उठाउँदै आएका छन |

सराहनीय कार्य गरेकाले yong communist lig nepal बाट सम्मानित भए पछी सम्मान पत्र ग्रहण गर्दै डाक्टर सन्देश लम्साल

त्यसकै फलस्वरुप उनी इन्स्टाग्राममा १ मिलियन फलोअर हुने नेपालको पहिलो ईन्टरनेट सेलिव्रेटी र डाक्टरको रुपमा चिनिन सफल भएका छन। रुसको सेन्ट पिटर्सबर्गमा सम्पन्न भएको फिफा कन्फेडेरेशन कप २०१७ र फिफा विश्वकप २०१८ मा समेत उनले चिकित्सा स्वयंसेवकका रूपमा काम गर्ने सौभाग्य पाएका थिए।चुनौतीपूर्ण कोभिड–१९ महामारीको समयमा, डा.

लम्सालले सामाजिक मीडिया प्लेटफर्महरूमा विभिन्न भिडियोहरूका माध्यमबाट सामाजिक दूरीको आवश्यकता, कोभिड–१९ को रोकथाम र सुरक्षा उपायहरूको लागि सक्रिय योगदान गरेका थिए। यस सँगै उनले विभिन्न स्वास्थ्य सम्बन्धि विषयहरूमा ज्ञानवर्धक चिकित्सा लेखहरू लेख्दै आई रहेका छन्। जसलाइ अनलाइनखबर जस्ता राष्ट्रिय मिडिया आउटलेटहरूमा प्रकाशित

मोटरसाईकल दुर्घटनामा परी घाईते भएका एक बिरामीको खुट्टा जांच गर्दै-डाक्टर सन्देश लम्साल

गरिएको छ । सानै उमेरदेखी समाज सेवामा रुची राख्ने डा. लम्साल अहिले पनि समाज सेवामा अग्रसर रहेको देखिन्छ । उनले नागरिक लाई स्वास्थ्य सम्बन्धी जानकारी का बारेमा शिक्षित पार्न खर्चेका हुन्छन । फलस्वरुप, उनका लेखहरूले विश्वभरबाट धेरै प्रशंसा पाएका छन् । रुसमा हुदा होस् वा नेपालमा जहिले पनि आफुलाई सक्रिय अभियन्ताको रुपमा प्रस्तुत गर्न सफल डा.

सन्देशले रुस देखि नेपाल सम्मका धेरै राजनेता हरुसंग नजिक रहेर देश र समाजसेवामा दत्त चित्त भएर लागी रहेका छन। हाल उनी दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा नेपाल सरकारको अनिवार्य करार सेवामा कार्यरत छन।आफ्नै जन्मभुमी त्यसैमा पनि गृह जिल्लामै विरामी हरुलाई निशुल्क स्वाश्थ्य सेवा दिन पाउदा म गौरवान्वित छु उनले राप्ति पहिचान

बिरामी जांच पछी प्रेसक्रिप्सन लेख्दै डाक्टर सन्देश लम्साल

संग कुराकानी गर्दै भने। विदेशमा शिक्षा आर्जन गरेतापनि आफ्नो जन्मभूमिलाई माया गर्ने डा. लम्साल दाङ जिल्लामा रही यहाँका बिरामीहरुको सेवा गर्न पाउँदा आफू सन्तुष्ट रहेको बताउछन।उनै डाक्टर लम्साल आज पुन: सम्मानित हुन् पुगेका छन| नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन young communist lig nepal ले उनलाई सम्मान गरेको हो | बेला

बेला रुस सरकारले एक दक्ष नागरिक बन्न सहयोग गरेको कुरा उल्लेख गर्ने डा,लम्सालले आफु भविष्यमा रेडिएसन अंकोलोजिस्ट वा अर्थोपेडिक सर्जन बन्ने ईच्छा व्यक्त गर्ने गर्छन |

प्रतिक्रिया