
दाङ : शान्तिनगरमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं ७ मा रहेको आधारभुत स्वास्थ्य केन्द्र दुबीचौर दाङमा सुगर प्रेसर तथा मृगौला सम्बन्धी स्क्रिनङि निःशुल्क शिविर सम्पन्न भएको हो । माघ ११ र १२ गते गरी दुई दिन सम्म सञ्चालन भएको शिविरमा २०३ जनाले स्वास्थ्य चेकजाँच गराएका थिए । वडाध्यक्ष तारा बहादुर भण्डारीको

अध्यक्षता एवं गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भएको थियो । यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले सबैभन्दा ठुलो कुरा शिक्षा र स्वास्थ्य भएको भन्दै आफू निर्वाचित भएर आएदेखि यसैलाई प्राथामिकतामा राखेको बताए ।उनले भने,‘ केही समय अगाडि गाउँपालिकाका नागरिकहरूलाई मध्यनजर गरे वृहत स्वास्थ्य शिविरको
आयोजना गरिएको थियो । जसमा हजारौँ नागरिकहरूले सेवा लिएका थिए । ५० भन्दा बढि नागरिकहरूलाई निःशुल्क उपचारको लागि काठमाडौँ लगिएको थियो । ’ यस्तै उनले त्यो वृहत स्वास्थ्य शिविरमा सेवा लिन नपाएकाहरूको लागि मध्यनजर गरेर यहाँ दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको समेत बताए । यस्तै आफूहरूको प्रमुख प्राथामिकता
भनेको शिक्षा र स्वास्थ्य भएको भन्दै उनले यसबाट गाउँपालिकाका कुनै पनि नागरिकहरू बञ्चित नहुने समेत बताए । यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष प्रेमा बुढाथोकी (केसी)ले निर्वाचनको समयमा जनताहरू सामु गरेको वाचाहरू पुरा गर्दै गइरहेको बताइन् । उनले यो निःशुल्क स्वास्थ्य शिविरबाट यहाँका नागरिकहरूले सेवा लिएको भन्दै यस्ता
कार्यक्रमहरू निरन्तर गर्दै जाने समेत बताइन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्ल, शान्तिनगर गाउँपालिका उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रराज शर्मा लगायतको उपस्थिति रहेको थियो ।