
बाँके ११ माघ २०८० : बाँके जिल्लाको नेपालगंजमा सेवाग्राही संग घुस लिंदै गरेको अवश्थामा एक जना बन अधिकृत लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जको टोलीले घुस रकम सहित पक्राउ गरेको छ | यसरी
पक्राउ पर्नेमा बाँके जिल्लाको राँझा सव-डिभिजन बन कार्यालयका सहायक बन अधिकृत नारायण पार्दे रहेको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जले जानकारी दिएको छ | सहायक बन अधिकृत पार्दे ले सेवाग्राही
संग घुस लिने गरेको कुरा थाहा पाएको अख्तियारले उनलाई ;लामो समय अघी देखी निगरानीमा राखेको थियो | लामो समय निगरानीमा रहेका पार्दे लाई आज सेवाग्राही संग लिएको ७ हजार रुपैयाँ घुस रकम र उनी संग रहेको श्रोत नखुलेको रकम ४५ हजार ९ सय ७५ रुपैयाँ नगद सहित पक्राउ गरिएको हो | म काठमाडौंमा छु, घुस लिदा लिंदै गरेको अवश्थामा सव-
डिभिजन बन कार्यालय राँझामा कार्यरत एक जना सहायक बन अधिकृत नारायण पार्दे भन्ने मान्छे पक्राउ परेको कुरा कार्यालय बाट थाहा पाएको छु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जका सुचना अधिकारी झलक के सी ले राप्ति पहिचान लाई बताए |