दाङको तुलसीपुरमा प्लास्टिकको गोदाममा लागेको आगो नियन्त्रणमा

तुलसीपुर १ माघ २०८० ।  दाङको तुलसीपुरमा रहेको एक गोदाममा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । तुलसीपुरको ५ नम्बर वडा कार्यालय नजिकमा प्रमोद सोनीले सञ्चालन गर्दै आएको प्लाष्टिकको गोदाममा लागेको आगो प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानियको सहयोगमा नियन्ञणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।आगलागी भएको झन्डै एक घण्टा भन्दा धेरै समयपछी नियन्त्रणमा आएको हो ।

आगलागीबाट गोदममा रहेका सम्पुर्ण सामान जलेर नष्ट भएको उहाँले बताउनुभयो । क्षेतीको पुर्ण विवरणसँगै आगलागीको कारण खुल्न बाकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया