
तुलसीपुर २९ पुस २०८०, तुलसीपुर उपमहानगरपालिकाको राजश्व शाखाका प्रमुख ललित बहादुर घर्तीको उपमहानगरकै अर्को शाखामा सरुवा भएको छ | उनलाई उपमहानगरको राजश्व शाखा बाट सरुवा गरेर उपमहानगरकै सहकारी शाखामा तानिएको छ भने उनको ठाउँमा हाल तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ८ मा वडा सचिवमा कार्यरत शम्भु प्रकाश शर्माले
राजश्व शाखा प्रमुख र हाल उपमहानगरको यान्त्रिक शाखामा कार्यरत केशव डाँगीले सहायक शाखा प्रमुखको जिम्मेवारी पाउने गरी अख्तियारी दिई पठाईएको छ | म हाल बिदामा छु वडा नम्बर ८ मा कार्यरत शम्भु प्रकाश शर्मा र यान्त्रिक शाखामा कार्यरत केशव डाँगी सर लाई क्रमश: राजश्व शाखा अधिकृत र सहायक अधिकृत तोकी सरुवा गरिएको छ र ललित बहादुर घर्ती सर
लाई सहकारी शाखा हेर्ने गरी राखिएको छ भन्ने अनौपचारिक रुपमा सुनेकी छु उपमहानगरको प्रशासन तथा जनशक्ती ब्यबश्थापन शाखा अधिकृत बिष्णु कुमारी आचार्यले राप्ती पहिचान लाई बताईन | यता यही बिषयमा के भएको हो भनी सोधनी गर्न तुलसीपुर उपमहानगरका प्रवक्ता तथा वडा नम्बर १८ का वडा अध्यक्ष माधव वली लाई सोध्दा यो बिषय कर्मचारी प्रशासन
तथा ब्यबश्थापन शाखा र हाकिम साहबको तजबिजमा के गर्दा राम्रो हुन्छ भनी निर्णय गर्ने बिषय भएकाले यस बारे हाकिम साहब संग प्रतिक्रिया माग्दा उचित हुने कुरा बताए | यसै बिषयमा हाम्रा समाचारदाताले तुलसीपुर उपमहानगर का प्रमुख प्रशासकीय अधिकृत राम बहादुर के सी लाई फोन गरेर प्रतिक्रिया माग्दा यो नियमित प्रक्रिया अन्तर्गत हुने काम भएकाले यसमा
ठुलै चासो लिई हाल्नु पर्ने बिषय नभएको कुरा बताए | घर्ती उपमहानगरको राजश्व शाखामा कार्यरत हुँदा उपमहानगरको आर्थिक ऐन २०७९ मा उल्लेख गरिएका उपमहानगरले उठाउन सक्ने र उठाउन मिल्ने शिर्षकका राजश्व समेत उठाउन नसकेको कुरा केही समय अघी आम संचारमाध्यममा प्रसारण प्रकाशन भएका थिए |