यातायात व्यवस्था कार्यालय तुलसीपुर को ठगी धन्दा बिरुद्द वाईसिएल दाङ ले बुझायो ज्ञापन पत्र

दाङ :  यातायात कार्यालय तुलसीपुरले सवारीको ट्रायलका क्रममा देखिएको बेथितिका विरुद्ध वाईसीएल दाङले ध्यानाकर्षण गराएको छ । आफ्नै परिवार भित्रको सवारी साधन लिँदा  पनि दुईसय १५ रुपैयाँ असुल गरेको भन्दै यो कार्य रोक्न कार्यालय

प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।सोमबार वाईसीएलका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अमर नेपाली, केन्द्रीय सदस्य हरिश गिरी, जिल्ला संयोजक माधव बुढाथोकी, तुलसीपुर नगर इन्चार्ज हेवेन्द्र शाही सहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो । यसरी असुल  गरिएको रकम फिर्ता गर्न समेत वाईसीएलले ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया