रमा बुढा मगर -====
दाङ १३ पुस २०८०, दाङको घोराही बाट संचालनमा रहेको समृद्दी खबर डटकम का प्रकाशक सुबिनराज शेरपाईली लाई पितृ शोक परेको छ | शेर्पाईलीका बुवा तेज बहादुर शेरपाईलीको ६७ वर्षको अल्पायुमा क्यान्सर रोगका कारण मृत्यु भएको हो | फोक्सोमा क्यानसर देखिए पछी चितवन स्थित वि पी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा लामो समय उनको
उपचार गरिएको थियो | त्यहाँ उनको अवश्था नाजुक बन्दै गए पछी उनलाई काठमाण्डौ स्थित शिक्षण अस्पताल स्वयम्भुमा उपचारका लागी भर्ना गरिएकोमा पुस १२ गते उनको निधन भएको हो | पत्रकार शेर्पाईलीका बुवा तेज बहादुर शेर्पाईलीको निधन प्रती राप्ती पहिचान डटकम गहिरो दुख प्रकट गर्दछ साथै शोक सन्तप्त शेर्पाईली परिवार प्रती समवेदना प्रकट गर्दछ
राप्ती पहिचान डटकम का प्रकाशक एग्गे बहादुर बुढा मगर ले समाचार डेस्क संग कुरा गर्दै बताए | शेर्पाईलीको आज पशुपती आर्यघाटमा अन्त्यस्ती गरिएको छ |
