
सल्यान, ७ पुष २०८०। सल्यानमा जेसिबि दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जेसिबिका सहचालक दाङको गढवा गाउँपालिका – ५ निवासी अन्दाजी २३/२४ वर्षिय दिपेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार तिरुपाते कम्पनीको रा १ क ८५९ नम्बरको जेसिबि बागचौर नगरपालिका–३ स्यालागैरा स्थित भित्रि सडक–खण्डमा आज बिहान साढे ७ बजेको समयामा आफै अनियन्त्रित भएर सडकबाट १० मिटर तल खस्दा सहचालक चौधरीको घटनास्थलमै मृत्यु भएको हो । जेसिबि चालक बागचौर नगरपालिका – २ का २२ वर्षिय दिपक डाँगीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।