
तुलसिपुर, ६ पुस २०८०। तुलसिपुरको तरकारी तथा फलफुल कृषि बजारमा राखिएको विद्युतिय मुल्य सुचि बोर्ड दुई हप्ता नपुग्दै बन्द भएको छ । तरकारी तथा फलफुल बजारमा पसलै पिच्छे फरक–फरक मुल्य हुने गरेको व्यापक गुनासो आएपछि तुलसीपुर उपमहानगरपालिकाले गत मंसिर २६ गत मुल्य सुचि बोर्ड राखेको थियो । उपभोक्ताहरुलाई ठगिनबाट जोगाउने उदेश्यले नगरपालिकाले मुल्य सुचि बोर्ड राखेको भएपनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको पाइएको छ ।
नियमनकारी निकायको कमजोरीका कारण यस्तो अवस्था आएको उपभोक्ताहरुको भनाई छ । यता तरकारी तथा कृिष बजार व्यवस्थापन समितिका अध्यक्ष माधव प्रसाद घिमिरेले भने मुल्य सुचि बोर्ड बन्द भएकोबारे आफुलाइ जानकारी नभएको बताउनुभएको छ । यस्तै तुलसीपुर उपमहानगरपालिका कृषी शाखा प्रमुख धनराज गौतमले पनि यसबारेआफुलाई जानकारी नभएको बताउनुभएको छ ।