
तुलसीपुर २४ कात्तिक २०८० । दाङको तुलसीपुर उपमहानगरपालिकाले नगर भित्र बसोबास गर्ने गरिब नागरिहरुका लागी राज्य सुविधा परिचयपत्र अर्थात गरिब परिचयपत्र बनाउन सुरु गरेको छ । भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले आयोजना गरेको कार्यक्रम अन्र्तगत नगरवासीहरुबाट गरिब नागरिक छनौट गरी गरिब परिचयपत्र वितरण गर्ने

तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्युपानेले जानकारी दिनुभएको छ । उहाका अनुसार केन्द्र सरकारले नै गरिबलाई राज्य सुविधा परिचयपत्र (गरिब परिचयपत्र) दिने निर्णय गरेकाले विभिन्न सुचकका आधारमा गरिब छनौट गरिने भएको छ । यसका लागी आज बिहिबारबाट ३२ जना गणक र ४ जना सुपरिवेक्षक गरी जम्मा ३६ जनालाई प्रशिक्षण दिएर

प्रत्यक घरघरमा खटाएको सूचना अधिकारी न्युपानेले जानकारी दिनुभयो । उक्त गणकहरुले अबको ४ महिनाको अवधिमा नगरवासीको व्यक्तिगत, पारिवारिक, आथीक लगाएत विविध विवरणहरु संकलन गरेर ल्याएपछी सो विवरण मन्त्रालयमा पठाउने उहाले बताउनुभयो । मन्त्रालयले विभिन्न सुचकको आधारमा तत्याङ्क विश्लेषणको काम सम्पन्न गरी सुचि तयार पारेर
नगरपालिकालाई पठाएपछी त्यसलाई सम्पुर्ण वडाहरुमा सूचना टास गरेर दाबी विरोधको समय दिने र त्यसपछी अन्तिम नतिजा निकाल्ने उहाको भनाई छ ।यसले गर्दा नगरपालिकामा गरिबको संख्या कति छ भन्ने बारे जानकारी हुने हुदा उनीहरुको जिवनस्तर सुधारमा सहज हुने अपेक्षा लिइएको छ । साथै उनीहरुलाई राज्यले दिने सेवासुविधामा छुट्टै सहुलियतको समेत
सुविधा रहने भएको छ । पछिल्लो समय गरिबीलाई आर्थीक रुपमा मात्रै नजोडेर बहुआयामिक गरिबीको रुपमा परिभासित गरिएको उहाले बताउनुभयो । यसमा दैनिक हुने आम्दानी सँगै स्वास्थ्य, शिक्षामा पहुच, मानिसको जिवनस्तर, दैनिक कृयाकलाप लगाएत १० वटा क्षेत्रमा रहेर यसको गरिबी छुट्याउने मापदन्ड तयार पारिएको उहाले बताउनुभयो । देशका अधिकांश
पालिकाहरुमा यो कार्यक्रम लागु भइसकेको भन्दै उहाले तुलसीपुरमा पनि २०७६ सालमा सुरु गर्ने भनिएकोमा कोरणा लगाएतका कारणले गर्दा ढिलो गरी यसवर्षबाट सञ्चालनमा आएको बताउनुभयो । वास्तविक गरिब नागरिकहरुले सत्य तथ्य जानकारी दिएर गरिब परिचयपत्र बनाई राज्यबाट पाइने सेवासुविधामा सहुलियत प्राप्त गर्न पनि उहाले सम्पुर्ण नगरवासीलाई आग्रह समेत गर्नुभएको छ ।